याकूबले शिमियोन र लेवीलाई भने, “यस देशका बासिन्दाहरू अर्थात् कनानीहरू र परिज्जीहरूका सामु मलाई अप्रिय तुल्याएर तिमीहरूले ममाथि सङ्कष्ट ल्याएका छौ । मेरा मानिसहरू थोरै छन् तिनीहरू एकै ठाउँमा जम्मा भई ममाथि आक्रमण गरे भने म र मेरो घराना नष्ट हुनेछौँ ।
TSK
TSK · हितोपदेश 11:29
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
उत्पत्ति 34:30
TSK
१ शमूएल 25:3
TSK
त्यो मानिसको नाउँ नाबाल थियो । उसकी पत्नीको नाउँ अबीगेल थियो । ती स्त्री बुद्धिमती र देख्नमा सुन्दरी थिइन् । तर त्यो मानिस आफ्नो व्यावहारमा कठोर र खराब थियो । ऊ कालेबको घरानाको सन्तान थियो ।
१ शमूएल 25:38
TSK
दस दिनपछि परमप्रभुले नाबाललाई प्रहार गर्नुभयो ताकि ऊ मर्यो ।
हितोपदेश 15:27
TSK
चोरी गर्नेले आफ्नो परिवारमा सङ्कष्ट ल्याउँछ, तर घुसलाई घृणा गर्नेचाहिँ बाँच्ने छ ।
होशे 8:7
TSK
किनकि मानिसहरूले बतास छर्छन्, र आँधिको कटनी गर्छन् । खडा बालीमा बालाहरू छैनन्, र त्यसले केही फसल दिंदैन । त्यसमा फसल लाग्यो भने, परदेशीहरूले त्यो सखाप पार्नेछन् ।