हरेकले आफ्ना छिमेकीलाई फोस्रा कुरा भन्छ । हरेकले चाप्लुसी ओठहरू र झुट मनले बोल्छन् ।
TSK
TSK · हितोपदेश 12:5
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
मेरो शत्रु मलाई हेर्न आउँछ भने, त्यसले व्यर्थ कुराहरू गर्छ । त्यसको हृदयले आफ्नो निम्ति मेरो विपत्ति बटुल्छ । त्यो मबाट टाढा जाँदा, यसबारे त्यसले अरूलाई भन्छ ।
हे परमेश्वर, मलाई जाँच्नुहोस् र मेरो हृदय जान्नुहोस् । मलाई जाँच्नुहोस् र मेरा विचारहरू जान्नुहोस् ।
धर्मी मानिसहरूका इच्छाले असल नतिजामा पुर्याउँछ, तर दुष्ट मानिसहरूले केवल क्रोधको अपेक्षा गर्न सक्छन् ।
मूर्ख योजना पाप हो, र मानिसहरूले खिल्ली उडाउनेलाई तुच्छ ठान्छन् ।
ए यरूशलेम, दुष्टताबाट आफ्नो हृदय शुद्ध पार् जसले गर्दा तँ बाँच्न सक्छस् । तेरा गहिरा-गहिरा विचारहरू कहिलेसम्म कसरी पाप गर्ने भन्ने विषयमा हुनेछ?
हरेक मानिसले आफ्नो छिमेकीको ठट्टा गर्छ, र साँचो बोल्दैन । तिनीहरूका जिब्राले छली कुराहरू सिकाउँछन् । तिनीहरू अपराध गर्दा-गर्दा थाकेका छन् ।
त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, उनी औधी रिसाए । ती ज्ञानी मानिसहरूबाट उनले निर्धारण गरेका समयअनुसार त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्योभन्दा मुनिका बालकहरूलाई र बेथलेहेमका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए ।
यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्वरबाट आफ्नो प्रशंसा पाउनेछ ।