तब तपाईं बस्नुहुने स्वर्गबाट सुन्नुहोस् । क्षमा गर्नुहोस् र हरेक व्यक्तिलाई उसका सबै चाल अनुसार प्रतिफल दिनुहोस् । तपाईंलाई त्यसको हृदय थाहा हुन्छ, किनभने तपाईंले मात्र मानिसजातिका हृदयहरू जान्नुहुन्छ ।
TSK
TSK · हितोपदेश 15:11
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
दुष्टका खराब कामहरूको अन्त होस्, तर हे धर्मी परमेश्वर, तपाईं जसले हृदय र मन जाँच्नुहुन्छ, धर्मी मानिसहरूलाई स्थापित गर्नुहोस् ।
आकाशमाथि उक्लें भने तपाईं त्यहाँ हुनुहुन्छ । मैले चिहानमा आफ्नो ओछ्यान बनाएँ भने, तपाईं त्यहीं हुनुहुन्छ ।
मनको खोजी गर्ने, हृदयको जाँच गर्ने परमप्रभु म नै हुँ । हरेक व्यक्तिको आफ्नो चालअनुसार, त्यसका कामहरूको फलअनुसार म त्यसलाई इनाम दिन्छु ।
उहाँले तिनलाई तेस्रो पटक भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।”
म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् ।