किनकि परमप्रभुको दृष्टि सारा पृथ्वीभरि जहाँसुकै दौडिरहन्छ, ताकि जसका हृदय उहाँप्रति समर्पित छन्, तिनीहरूका पक्षमा उहाँले आफैलाई बलियो देखाउन सक्नुभएको होस् । तर यस विषयमा तपाईंले मूर्खतासाथ काम गर्नुभयो । अबदेखि तपाईंले युद्ध गर्नुपर्नेछ ।”
TSK
TSK · हितोपदेश 15:3
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
२ इतिहास 16:9
TSK
अय्यूब 31:4
TSK
के परमेश्वरले मेरा मार्गहरू देख्नुहुन्न र मेरा सबै कदम गन्नुहुन्न र?
भजनसंग्रह 33:13
TSK
परमप्रभुले स्वर्गबाट हेर्नुहुन्छ । उहाँले सबै मानिसलाई देख्नुहुन्छ ।
यर्मिया 16:17
TSK
किनकि मेरो दृष्टि तिनीहरूका सबै मार्गमा परेको छ । ति मेरो सामुबाट लुक्न सक्दैनन् । तिनीहरूका अधर्म मेरा आँखाको सामुबाट लुकाउन सकिंदैन ।
यर्मिया 32:19
TSK
तपाईं बुद्धिमा महान् र काममा शक्तिशाली हुनुहुन्छ, किनकि हरेक मानिसलाई त्यसका चाल र कामहरूको आधारमा उसलाई इनाम दिन, मानिसहरूका सबै चाल हेर्न तपाईंको दृष्टि खुला हुन्छन् ।