¶ यसपछि यस्तो भयो, अब्शालोमले आफ्नो निम्ति एउटा रथ र घोडाहरू र आफ्नो अगिअगि दौडिनलाई पचास जना मानिस तयार पारे ।
TSK
TSK · हितोपदेश 15:5
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
ए मेरा छोरा सोलोमन, आफ्ना बुबाका परमेश्वरको आज्ञा पालन गर, र आफ्ना सारा हृदय र राजीखुशीले उहाँको सेवा गर । यसो गर, किनभने परमप्रभुले सबै हृदयलाई खोतल्नुहुन्छ र हरेक व्यक्तिको विचारहरूका हरेक उदेश्य बुझ्नुहुन्छ । तिमीले उहाँलाई खोज्यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्याग्यौ भने, उहाँले तिमीलाई सधैंको निम्ति इन्कार गर्नुहुनेछ ।
धर्मी मानिसले मलाई हिर्काओस् । त्यो मेरो निम्ति दया हुनेछ । त्यसले मलाई सच्याओस् । त्यो मेरो शिरमा लगाएको तेलझैं हुनेछ । मेरो शिरले त्यो स्वीकार गर्न इन्कार नगरोस् । तर मेरो प्रार्थना सधैं नै तिनीहरूका दुष्ट कामहरूको विरुद्धमा हुन्छ ।
मेरो सुधारलाई ध्यान देओ । म तिमीहरूमाथि मेरा विचार खन्याइदिने छु । म तिमीहरूलाई मेरा वचनहरू ज्ञात गराइदिने छु ।
¶ सोलोमनको हितोपदेश । बुद्धिमान् छोरोले आफ्नो बुबालाई खुसी तुल्याउँछ, तर मूर्ख छोरोले आफ्नी आमामा शोक ल्याउँछ ।
अर्तीलाई बेवास्ता गर्नेले गरिबी र लाज पाउने छ, तर सुधारबाट सिक्ने जनमा आदर आउने छ ।
सरसल्लाह सुन् र अर्तीलाई स्वीकार गर्, ताकि तेरो जीवनको अन्त्यसम्ममा तँ बुद्धिमान् बन्न सक्छस् ।
यो भनाई सत्य छ, तिनीहरूलाई कडाइका साथ सुधार, ताकि तिनीहरू विश्वासमा ठिक हुन सकून् ।