त्यसपछि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस एकलो रहन असल छैन । म त्यसको लागि एउटा सुहाउने सहयोगी बनाउनेछु ।”
TSK
TSK · हितोपदेश 18:22
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
यसकारण याकूबले राहेलको निम्ति सात वर्षसम्म सेवा गरे । राहेलप्रति तिनको प्रेमको कारण तिनलाई त्यो समय तिनलाई थोरै दिनजस्तो लाग्यो ।
साथै त्यसको उत्तराधिकारमा मृत मानिसको नाउँलाई मैले उठाउन सकूँ भनी महलोनकी पत्नी मोआबी महिला रूथलाई मैले मेरी पत्नीको रूपमा प्राप्त गरेको छु, ताकि त्यसको नाउँ आफ्ना दाज्यूभाइहरु माझबाट र त्यसको ठाउँको प्रवेशद्धारबाट नहराओस् । आज तपाईंहरू साक्षी हुनुहुन्छ ।”
आफ्नै कुण्डको पानी पिउनू, र आफ्नै कुवाबाट बगेको पानी पिउनू ।
चरित्रवान् पत्नी आफ्नो पतिको मुकुट हो, तर लाज ल्याउने पत्नीचाहिँ आफ्नो हड्डी सडाउने रोगजस्तै हो ।
कसले सुयोग्य पत्नी पाउन सक्छ? उनको मूल्य रत्नहरूभन्दा बहुमूल्य हुन्छ ।
याकूब अरामको देशमा भागे । एक जना पत्नी पाउनलाई इस्राएलले काम गरे, र एक जना पत्नी पाउनलाई तिनले भेडाका बगालको रेखदेख गरे ।