१ शमूएल 2:7
TSK
परमप्रभुले केही मानिसलाई गरीब र केहीलाई धनी बनाउनुहुन्छ । उहाँले नम्र तुल्याउनुहुन्छ, तर उहाँले पनि उचाल्नुहुन्छ ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
परमप्रभुले केही मानिसलाई गरीब र केहीलाई धनी बनाउनुहुन्छ । उहाँले नम्र तुल्याउनुहुन्छ, तर उहाँले पनि उचाल्नुहुन्छ ।
परमेश्वरले अगुवाहरूको पक्ष लिनुहुन्न, र गरिबहरूलाई भन्दा बढी मान धनीहरूलाई गर्नुहुन्न, किनकि तिनीहरू सबै उहाँका हातका काम हुन् ।
गरिबलाई थिचोमिचो गर्नेले आफ्नो सृष्टिकर्तालाई सराप्छ, तर खाँचोमा परेकाहरूलाई स्नेह देखाउनेले उहाँको आदर गर्छ ।
अब कोही एक जना धनी मानिस थियो र उसले सधैँ मसिनो मलमल र वैजनी वस्त्र पहिरन्थ्यो र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गर्दथ्यो ।
विचार गर कि कोही मानिस तिमीहरूको सभामा सुनका औँठीहरू र राम्रा-राम्रा लुगाहरू लगाएर प्रवेश गर्यो र त्यहाँ एउटा गरिब मानिस पनि फोहोर पहिरनमा आयो ।