TSK

TSK · हितोपदेश 22:4

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

ए परमप्रभुका पवित्र मानिस हो, उहाँको भय मान । उहाँको भय मान्‍नेहरूलाई कुनै कुराको खाँचो हुँदैन ।

¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको आज्ञा पालन गर्ने, अनि उहाँका आज्ञाहरूमा प्रशन्‍न हुने मानिस धन्यको हो ।

परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा डोर्‍याउँछ । यो हुने कुनै पनि व्यक्ति सन्तुष्‍ट हुने छ, र त्यसलाई नोक्सानीले छुँदैन ।

तिमीहरूका समयमा उहाँ स्थिरता, उद्धार, बुद्धि र ज्ञानको प्रचुरता हुनुहुनेछ । परमप्रभुको भय नै त्‍यसको भण्डार हो ।

तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ ।

तर परमेश्‍वरले अझ बढी अनुग्रह दिनुहुन्छ, यसैकारण धर्मशास्‍त्रले भन्दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ ।”