TSK

TSK · हितोपदेश 23:28

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तिनले योसेफसँग दिनहुँ कुरा गरिन्, तर उनी तिनीसँग सुत्‍न वा तिनको नजिक जान इन्कार गरे ।

यसपछि, शिमशोन सोरेकको बेसीमा बस्‍ने गर्ने एक जना स्‍त्रीसँग प्रेममा परे । त्यसको नाउँ दलीला थियो ।

एउटी स्‍त्रीले त्यसलाई भेटी, जसले वेश्याले जस्तै पहिरन लगाएकी थिई र त्यसको हृदय धूर्त थियो ।

मारिनलाई लगिएको गोरुझैँ र पासोमा परेको मृगझैँ त्यो अकस्मात् स्‍त्रीको पछि लाग्यो ।

तर त्यहाँ मरेकाहरू छन् र त्यस स्‍त्रीले निम्तो दिएका पाहुनाहरू पातालको गहिराइमा छन् भनी त्यसलाई थाहा छैन ।

पासो र जालहरूले भरिएकी कुनै पनि स्‍त्रीको मृत्यभन्दा त्योचाहिँ बढी तितो भएको मैले पाएँ । परमेश्‍वरलाई खुसी पार्ने जो कोही त्यस स्‍त्रीबाट भाग्‍ने छ, तर पापीलाई भने त्यसले लिएर जान्छे ।

तिनीहरूलाई यौनको छाडापन, दाखमद्य र नयाँ मद्य मन पर्छ, जसले तिनीहरूका समझलाई नाश पारेका छन् ।

¶ सातवटा कचौरा लिएका सात जना स्वर्गदूतमध्ये एक जनाले मकहाँ आएर भने, “आऊ, म तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्यालाई दिएको दण्डलाई देखाउनेछु ।