सोलोमनको एक दिनको खाना पचहत्तर मुरी मसिनो पिठो, एक सय पचास मुरी अन्न,
TSK
TSK · हितोपदेश 24:4
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
यसैले मेरा परमेश्वरको मन्दिरको निम्ति सामाग्री जुटाउन मैले सकेसम्म प्रयास गरेको छु । सुनबाट बनाइने कुराहरूका निम्ति सुन, चाँदीबाट बनाइने कुराहरूका निम्ति चाँदी, काँसाबाट बनाइने कुराहरूका निम्ति काँसा, फलामबाट बनाइने कुराहरूका निम्ति फलाम, र काठबाट बनाइने कुराहरूका निम्ति काठ म दिंदैछु । पत्थरको कामको निम्ति आनिक्स, फिरोजा, विभिन्न रङ्गका पत्थरहरू— सबै किसिमका बहुमूल्य पत्थरहरू पनि म प्रशस्त मात्रामा दिंदैछु ।
तिनले हरेक कुरामा आफ्ना पिता अमस्याहको उदाहरण पच्छ्याएर परमप्रभुको दृष्टिमा जे कुरो असल थियो सो गरे ।
एल्यासीबले तोबियाको लागि एउटा ठुलो भण्डार-कोठा तयार पारेका थिए जहाँ पहिले तिनीहरूले लेवीहरू, गायकहरू, द्वारपालहरूका निम्ति अन्नबलि, धूप, काठपातहरू, अन्नका दशांशहरू, नयाँ दाखमद्य र तेल अनि पुजारीहरूका निम्ति दान राख्ने गर्थे ।
मसित रुपियाँ-पैसा र इज्जत, टिकिरहने धन-सम्पत्ति र धार्मिकता छन् ।
धर्मात्माको घरमा ठुलो खजाना हुन्छ, तर दुष्ट मानिसको कमाइले त्यसलाई कष्ट दिन्छ ।
इच्छा गरिएको खजाना र तेल बुद्धिमान्को बासस्थानमा हुन्छन्, तर मूर्खले यी सबै निलिदिन्छन् ।
तब येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसकारण, स्वर्गको राज्यको चेला बनेको हरेक शास्त्री एउटा मानिसजस्तो हो जो घरको मालिक हो, जसले भण्डारबाट नयाँ र पुराना चिजहरू निकाल्छ ।”