खराबी गर्न भिडको पछि नलाग, न त न्यायलाई बङ्ग्याउन भिडको पक्ष लेओ ।
TSK
TSK · हितोपदेश 28:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
झगदा हुँदा कसैको पक्षपात नगर । साना-ठुला दुवैको कुरामा समान रूपमा ध्यान देओ । मानिसको अनुहारदेखि नडराओ किनकि न्याय परमेश्वरको हो । तिमीहरूले मिलाउन नसक्ने झगडा मकहाँ ल्याओ र म त्यो सुन्ने छु ।'
यी पनि बुद्धिमान्का नीति-वचनहरू हुन् । मुद्दाको न्यायमा पक्षपात गर्नु राम्रो होइन ।
तिनीहरूका कडा दाखमद्यले छोड्दा पनि, तिनीहरू निरन्तर व्यभिचारमा गर्छन् । र त्यसको शासकहरूले आफ्नो लज्जास्पद कुरालाई ज्यादै मन पराउँछन् ।
तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् ।
लोभको कारण तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूबाट फाइदा उठाउनेछन् । तिनीहरूको विरुद्धमा श्राप आउन लामो समय लाग्दैन । तिनीहरूको विनाश निष्क्रिय छैन ।