TSK

TSK · हितोपदेश 28:8

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

मेरा मानिसहरूका बिचमा भएका गरिबहरूलाई तिमीहरूले ऋण दियौ भने तिमीहरू उसको लागि साहुकारजस्ता नहोओ वा त्यसबाट ब्याज असुल नगर ।

त्‍यो पाठीको चार गुणा त्यसले फिर्ता गर्नुपर्छ किनभने त्यसले यस्तो दुष्‍ट कुरा गरेको छ र त्यसले गरीब मानिसमाथ कुनै दया देखाएन ।”

उसले ती लुगाफाटा जम्मा त गर्ला, तर धर्मी मानिसहरूले ती लगाउनेछन्, र निर्दोष मानिसहरूले चाँदीचाहिं आफ्‍नो बिचमा बाँड्‍नेछन् ।

गरिबलाई थिचोमिचो गर्नेले आफ्नो सृष्‍टिकर्तालाई सराप्छ, तर खाँचोमा परेकाहरूलाई स्‍नेह देखाउनेले उहाँको आदर गर्छ ।

परमेश्‍वरलाई खुसी पार्ने जो कसैलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ । तथापि पापीलाई चाहिँ परमेश्‍वरले उहाँलाई खुसी तुल्याउने मानिसको निम्ति जम्मा गर्ने र थुपार्ने काम दिनुहुन्छ । यो पनि बाफ र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।

र उसले महंगो ब्‍याजमा रुपियाँ दिन्‍छ र आफूले बेचेको कुरामा धेरै मुनाफा कमाउँछ । के यस्‍तो मानिस जीवित रहनुपर्छ? ऊ निश्‍चय पनि जीवित रहँदैन । ऊ निश्‍चय मर्नेछ र उसको रगत उसकै शिरमाथि पर्नेछ किनभने उसले यी सबै घिनलाग्‍दा कुराहरू गरेको छ ।