किनकि तिनीहरूका कानले सुन्थे, र मलाई आशिष् दिन्थे । तिनीहरूका आँखाले मलाई देखेपछि तिनीहरूले मेरो साक्षी दिन्थे, र मलाई स्याबासी दिन्थे,
TSK
TSK · हितोपदेश 29:14
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
उनले पुकारा गर्ने दरिद्रलाई र अरू कुनै सहायक नभएका गरीबलाई सहायता गर्छन् ।
किनकि मैले भनेको छु, “करारको विश्वस्तता सदाको निम्ति स्थापित गरिएको छ । तपाईंले आफ्नो सत्यता स्वर्गमा स्थापित गर्नुभएको छ ।”
करारको विश्वसनीयता र भरोसाले राजालाई जोगाउँछ । प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित हुन्छ ।
समझशक्ति कमी भएको शासक क्रुर हुन्छ, तर बेइमानीलाई घृणा गर्नेचाहिँको आयु लामो हुन्छ ।
असल गर्न सिक । न्याय खोज, थिचोमिचोमा परेकाहरूलाई छुटाओ, अनाथलाई न्याय देओ र विधवाको रक्षा गर ।”
बरु, उहाँले गरीबहरूका न्याय धार्मिकताले गर्नुहुन्छ र पृथ्वीका नम्रहरूका निम्ति उचित रूपमा निर्णय गर्नुहुन्छ । आफ्नो मुखको लट्ठीले उहाँले पृथ्वीलाई प्रहार गर्नुहुन्छ र आफ्नो मुखको सासले उहाँले दुष्टको नाश गर्नुहुन्छ ।
उसले गरिबहरू र खाँचोमा परेकाहरूको पक्षमा न्याय गर्यो । त्यस बेला राम्रै भएको थियो । के मलाई चिन्नुको अर्थ यही होइन र? यो परमप्रभुको घोषणा हो ।
उहाँ महान हुनुहुनेछ र उहाँ सर्बोच्च परमेश्वरको पुत्र भनेर चिनिनु हुनेछ । परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पिता दाऊदको सिंहासन दिनुहुनेछ ।