दाऊदले सारा इस्राएलभरि शासन गरे र तिनले आफ्ना सबै मानिसलाई न्याय र धार्मिकता प्रदान गरे ।
TSK
TSK · हितोपदेश 29:4
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
परमप्रभुको दृष्टिमा जे खराब थियो तिनले त्यही गरे । आफ्नो जीवनकालभरि तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् ।
धार्मिकता र न्याय तपाईंको सिंहासनको जग हुन् । करारको विश्वस्तता र सत्यता तपाईंको सामुबाट आउँछन् ।
मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायपूर्ण व्यवस्था बनाउँछन् ।
राजाको ओठमा अन्तर्ज्ञानयुक्त निर्णयहरू हुन्छन् । तिनको मुखले न्यायलाई धोका दिनुहुँदैन ।
न्यायको काम गर्दै सिंहासनमा बस्ने राजाले आफ्नो सामु भएका सबै खराबी आफ्नै आँखाले केलाउँछन् ।
दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्यसलाई न्याय र धार्मिकताले थाम्न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ ।
जसले आफ्नो घर अधार्मिकता, आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ, जसले आफ्नो छिमेकीलाई सित्तैमा काम लगाउँछ, अनि जसले उसलाई ज्याला दिंदैन, त्यसलाई धिक्कार छ ।
तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् ।