परमेश्वरलाई खोजेर तपाईंले उहाँलाई बुझ्न सक्नुहुन्छ? सर्वशक्तिमान्लाई तपाईं सिद्ध रूपमा बुझ्न सक्नुहुन्छ?
TSK
TSK · हितोपदेश 30:3
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
प्रत्येकले अर्कोलाई बोलाउँथे र यसो भन्थे, “सर्वशक्तिमान् परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ! सारा पृथ्वी उहाँको महिमाले भरिएको छ ।”
मार्गबाट तर्की जानुहोस्, बाटोबाट हट्नुहोस् । इस्राएलका परमपवित्रलाई हाम्रो सामु नबोल्ने पार्नुहोस् ।”
अनि आमोसले अमस्याहलाई भने, “म अगमवक्ता होइनँ, न त अगमवक्ताका छोरा हुँ । म त एउटा गोठालो हुँ, र म त अन्जीरका रूखहरूको रेखदेख गर्छु ।
येशूले उत्तर दिनुभयो र उनलाई भन्नुभयो, “योनाका छोरा सिमोन तिमी धन्यका हौ, किनकि शरीर र रगतले यो कुरा तिमीलाई प्रकट गरेको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो ।
ओहो! परमेश्वरका बुद्धि र ज्ञान दुवै कति गहन! उहाँका न्यायहरू कति अगम्य र उहाँका मार्गहरू खोज्न नै नसकिने छन्!
“फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः ‘जो सत्य र पवित्र हुनुहुन्छ, यी वचनहरू उहाँका हुन्, उहाँले दाऊदको साँचोलाई पक्रनुभएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन ।