हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु, र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदै छन् ।
TSK
TSK · हितोपदेश 31:13
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
याकूब तिनीहरूसँग कुरा गरिरहेकै बेला, राहेल आफ्ना बुबाका भेडाहरू लिएर त्यहाँ आइपुगिन्, किनकि तिनले भेडाहरू चराउँदै थिइन् ।
मोआबी महिला रूथले नाओमीलाई भनिन्, “खेतहरूका अन्नका बालाहरूमाझ रहेका शिला-बाला खोज्न मलाई जान दिनुहोस् । मैले जसको दृष्टिमा कृपा पाउँछु, म तिनलाई नै पछ्याउनेछु ।” त्यसैले नाओमीले तिनलाई भनिन्, “जाऊ, मेरी छोरी ।”
परमप्रभु भन्नुहुन्छ, सियोनकी छोरीहरू घमण्डी छन्, तिनीहरू मुण्टो ठाडो पार्दै, चञ्चले आँखाले, हिंड्दा छोटो-छोटो पाइला सारेर, तिनीहरूका गोडामा भएका पाउजुका छिन्छिन् आवाज निकाल्दै हिंड्छन् ।
पत्रुस उठे र तिनीहरूसँगै गए । तिनी आइपुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे । पत्रुसको नजिकै बसेका सबै विधवाहरू रुँदै थिए र तिनीहरूले डोरकास तिनीहरूसँग छँदा उनले बनाएका वस्त्रहरू र अरू पोशाकहरू तिनलाई देखाउँदै थिए ।
हामी तिमीहरूसँग हुँदा आज्ञा गरेका थियौँ, “यदि कसैले काम गर्न चाहँदैन भने, उसले खाना पनि नखाओस्” ।
यसकारण म चाहन्छु जवान स्त्रीहरूले हाम्रा विरोधीहरूलाई हामीले खराबी गरेकोमा दोष लगाउने मौका नदिनको लागि विवाह गरून्, बालबच्चा जन्माउन, घरवार चलाऊन् ।