अब महिमा र इज्जतले आफैलाई सुसज्जित पार । आदर र ऐश्वर्यले आफैलाई सुसोभित पार ।
TSK
TSK · हितोपदेश 31:25
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तपाईंका पुजारीहरूले इमानदारीताको वस्त्र लगाऊन् । तपाईंका विश्वासयोग्य जनहरू आनन्दले कराऊन् ।
परप्रभुमा म अत्यन्तै आनन्दित हुनेछु । मेरो परमेश्वरमा म धैरै खुसी हुनेछु । किनकि उहाँले मलाई उद्धारको पोशाक लगाउनुभएको छ । उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नुभएको छ, जसरी एउटा दुलहाले आफूलाई मुकुटले सजाउँछ र एउटी दुलहीले आफूलाई गहनाहरूले सजाउँछे ।
पाँच सिक्का पाएको नोकर आयो र उसले अर्को पाँचवटा सिक्का ल्यायो । उसले भन्यो, ‘मालिक, तपाईंले मलाई पाँचवटा सिक्का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्का पाँचवटा सिक्का कमाएको छु ।’
परमेश्वरले चाहनुभएअनुसार नयाँ मनुष्यता धारण गर्नको निम्ति यस्तो गर । यो नयाँ मनुष्यतालाई धार्मिकता र सत्यताको पवित्रतामा सृजना गरिएको हो ।
त्यसै गरी, तिमी युवकहरू वृद्धहरूको अधीनमा बस । तिमीहरू सबैले विनम्रताको वस्त्र धारण गर र एक-अर्काको सेवा गर किनकि परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ ।