TSK

TSK · हितोपदेश 31:30

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

तर छोरी रहेछ भने त्यसलाई जीवितै राख ।” तर सुँडिनीहरू परेमश्‍वरदेखि डराउँथे । त्यसैले तिनीहरूले मिश्रका राजाले आज्ञा दिएबमोजिम गरेनन्, बरु तिनीहरूले छोराहरूलाई पनि जीवितै राखे ।

रानी वश्तीलाई उनको राजकीय शिरपेच पहिरेर आफ्‍नो सामु ल्याउने हुकुम गरे । तिनले मानिसहरू र अधिकारीहरूलाई उनको सौन्दर्य देखाउन चाहन्थे, किनकि उनको चेहरा असाध्य सुन्दर थियो ।

परमप्रभुको भय नै ज्ञानको सुरु हो । मूर्खहरूले बुद्धि र निर्देशनलाई तुच्छ ठान्छ ।

परमप्रभुको भय खराबीलाई घृणा गर्नु हो । म घमण्ड, अहङ्कार, दुष्‍ट मार्ग र भड्काउने बोलीवचनलाई घृणा गर्दछु । म तिनीहरूलाई घृणा गर्दछु ।

यो बुद्धिलाई पक्रेर राख्‍नु र धार्मिकतालाई जान नदिनु तेरो लागि राम्रो हुन्छ । किनकि परमेश्‍वरको भय मान्‍ने मानिसले त्यसका सबै कर्तव्य पुरा गर्ने छ ।

तर तेरो आफ्‍नो सौन्‍दर्यमा तैंले भरोसा राखिस्‌ र तेरो ख्‍यातिको कारणले तैंले एक वेश्‍याले झैं काम गरिस्‌ । छेउबाट जाने जोसुकैलाई पनि तैंले वेश्याले झैं आफ्‍नो काम तैंले गरिस्, ताकि तेरो सौन्‍दर्य उसको भयो ।

मरियमले भनिन्, “मेरो प्राण परमभुमा आनन्दित छ ।

यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्‍वरबाट आफ्नो प्रशंसा पाउनेछ ।

तिमीहरूको विश्‍वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्‍वास आगोमा नष्‍ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ । येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूको विश्‍वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्‍न गरोस् भनेर यसो भएको हो ।

तर तिमीहरूका भित्री हृदयबाट र सदैव रहने भलो र शान्त आत्माद्वारा परमेश्‍वरको दृष्‍टिमा अनमोल हुने किसिमले यसो गर ।