त्यसले उनलाई भनी, “तपाईंले मलाई कसरी ‘म तिमीलाई प्रेम गर्छु’ भन्न सक्नुहुन्छ, जब कि तपाईंले आफ्ना गोप्य कुराहरू मलाई बताउनुहुन्न? तिन पटक तपाईंले मेरो उपहास गर्नुभएको छ र तपाईंसँग यस्तो महाबल कसरी आउँछ भनेर भन्नुभएको छैन ।”
TSK
TSK · हितोपदेश 5:4
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
भजनसंग्रह 57:4
TSK
मेरो जीवन सिंहहरूका माझमा छ । मेरो नाश गर्न तयार भएकाहरूका माझमा म छु । म ती मानिसहरूका माझमा छु जसका दाँतहरू भालाहरू र काँडहरू हुन्, र जसका जिब्राहरू धारिला तरवारहरू हुन् ।
हितोपदेश 7:22
TSK
मारिनलाई लगिएको गोरुझैँ र पासोमा परेको मृगझैँ त्यो अकस्मात् स्त्रीको पछि लाग्यो ।
हितोपदेश 23:27
TSK
किनभने वेश्या एउटा गहिरो खाडल हो, र अनैतिक स्त्री एउटा साँघुरो इनार हो ।
हिब्रू 4:12
TSK
किनभने परमेश्वरको वचन जीवित र क्रियाशील अनि दुईधारे तरवारभन्दा पनि धारिलो छ । यसले आत्मा, प्राण र मासीलाई अलग गर्दछ र छेड्दछ अनि यो हृदयका भावना र विचारहरूको जाँच गर्न सक्षम छ ।