TSK

TSK · हितोपदेश 7:26

Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.

खण्डमा फर्कनुहोस्

शाऊलका घराना र दाऊदका घराना बिचको युद्धको समयमा शाऊलको घरानामा अबनेरले आफूलाई निकै शक्तिशाली बनाए ।

त्यसैले तैंले परमप्रभुको दृष्‍टिमा जे खराब छ त्यही गरेर उहाँको आज्ञालाई किन तुच्‍छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले प्रहार गरिस् र त्यसको पत्‍नीलाई तेरो आफ्‍नै पत्‍नी हुनलाई लगेको छस् । तैंले अम्‍मोनको फौजको तरवारले त्यसलाई मारिस् ।

के यी स्‍त्रीहरूकै कारणले इस्राएलका राजा सोलोमनले पाप गरेका होइनन् र? जाति-जातिहरूका बिचमा तिनीजस्ता राजा कोही थिइनन्, र तिनका परमेश्‍वरले तिनलाई प्रेम गर्नुहुन्थ्यो, अनि परमेश्‍वरले सारा इस्राएलमाथि तिनलाई राजा बनाउनुभयो । तथापि, तिनका विदेशी पत्‍नीहरूले तिनलाई पाप गर्न लगाए । के तपाईंहरूको कुरा सुनी यी सबै दुष्‍ट काम गर्ने अनि विदेशी स्‍त्रीहरूसित बिहे गरी हाम्रा परमेश्‍वरलाई धोका दिने?”

त्यो चोट र लाजको हकदार बन्छ, र त्यसको अपमान मेटिने छैन ।

तिनीहरू धेरैले गरेझैँ हामीले यौन अनैतिक कार्य नगरौँ, जुन कारणले गर्दा एकै दिनमा तिनीहरूमध्‍ये तेइस हजार मरे ।

हेर, तिमीहरूका आत्माको विरुद्धमा लडाइँ गर्ने पापमय इच्छाबाट टाढा रहनको निम्ति परदेशीहरू र प्रवासीहरूलाई झैँ म तिमीहरूलाई बोलाउँछु ।