अय्यूब 33:1
TSK
¶ त्यसैले अब, हे अय्यूब, मेरो कुरा सुन्न म तपाईंसित बिन्ती गर्छु, मेरा सबै शब्दहरू सुन्नुहोस् ।
TSK
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
¶ त्यसैले अब, हे अय्यूब, मेरो कुरा सुन्न म तपाईंसित बिन्ती गर्छु, मेरा सबै शब्दहरू सुन्नुहोस् ।
मेरो मुखले बुद्धिका कुरा बोल्नेछ र मेरो हृदयको ध्यान समझको हुनेछ ।
म तिमीहरूलाई असल निर्देशनहरू दिँदै छु । मेरो शिक्षालाई नत्याग ।
के मैले तेरो लागि अर्ती र ज्ञानका तिसवटा नीति-वचन लेखिदिएको छैनँ र?
उहाँले आफ्नो मुख खोल्नुभयो र तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो,
योचाहिँ अगमवक्ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, जब उहाँले भन्नुभयो, “म मेरो मुख दृष्टान्तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।”
यो युगौँ र पुस्तौँसम्म लुकाइएको गुप्त सत्यता हो । तर अहिले उहाँमा विश्वास गर्नेहरूका लागि यो प्रकट गरिएको छ ।