झुटा गवाही दिन अरूहरूसित नमिल, र निर्दोष वा धर्मीहरूलाई नमार किनकि म दुष्टहरूलाई कहिल्यै निर्दोष ठहराउनेछैनँ ।
TSK
TSK · भजनसंग्रह 94:21
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
तर तिनीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे । राजाको हुकुम पाएर तिनीहरूले परमप्रभुका मन्दिरको चोकमा ढुङ्गा हानेर तिनलाई मारे ।
किनकि कुकुरहरूले मलाई घेरेका छन् । खराब गर्नेहरूको हुलले मलाई घेरा लगाएका छन् । तिनीहरूले मेरा हातहरू र खुट्टाहरू छेडेका छन् ।
हेर्नुहोस्, तिनीहरूले मेरो ज्यान लिन ढुकेर बस्छन् । शक्तिशाली मानिसहरू मेरो विरुद्ध एकसाथ भेला हुन्छन्, तर हे परमप्रभु, मेरो पाप वा अपराधको कारणले होइन ।
तिनीहरूले भन्लान्, “हामीसित आऊ । उक्तपातको लागि ढुकिबसौँ । विनाकारण लुकेर निर्दोष मानिसहरूलाई आक्रमण गरौँ ।
दुष्ट मानिसलाई निर्दोष ठहराउने व्यक्ति र धर्मी मानिसलाई दण्ड दिने व्यक्ति दुवै नै परमप्रभुको लागि घृणित छन् ।
हेर्, इस्राएलका शासहरू, रगत बगाउन हरेक व्यक्ति आफ्नै शक्तिले तँकहाँ आएका छन् ।
त्यसभित्र भएका त्यसका शासकहरू आफ्नो शिकार फहराउने ब्वाँसाहरूजस्ता छन् । तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन् ।
तिमीहरूले आफ्ना पुर्खाहरूको कामलाई पनि पुरा गर्छौ ।
र भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु” । तर तिनीहरूले भने, “हामीलाई त्यसको के सरोकार? तिमी आफैँ जान ।”
वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए ।
तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साए । साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्त्रहरू खोलेर राखे ।
मैले त्यस स्त्रीले विश्वासीहरूको रगत र येशूको निम्ति सहिद भएकाहरूको रगत पिएर मातेकी देखेँ । जब मैले त्यसलाई देखेँ, तब म सार्है नै चकित भएँ ।