उसको भुँडीभित्र भएको खाना तितो बन्छ । उसको भित्र त्यो सर्पको विषझैं बन्छ ।
TSK
TSK · रोमी 3:13
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
हे परमप्रभु, चाप्लुसी सबै ओठ, ठुला कुरा गर्ने हरेक जिब्रोलाई काट्नुहोस् ।
छलपूर्ण रूपले काम गरेर तिम्रो जिब्रोले धारिलो छुराले जस्तै विनाशको योजना बनाउँछ ।
सर्पहरूले झैं तिनीहरूका जिब्राहरूले घाउ बनाउँछन् । तिनीहरूका ओठहरूमा सर्पको विष हुन्छ । सेला
तिनीहरूका वाणका ठोक्राहरू खुला चिहानजस्तै छन् । तिनीहरू सबै सिपाही हुन् ।
के तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा भविष्यवाणीहरू बोलेका होइनौ र, तिमीहरू जसले “परमप्रभु यस्तो-यस्तो भन्नुहुन्छ,” भन्दछौ, जबकि म आफैले ती भनेकै होइन?
धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! किनकि तिमीहरू चुनले पोतेका चिहानहरूजस्ता छौ, जुन बाहिरपट्टि सुन्दर देखा पर्दछन्, तर भित्रपट्टि चाहिँ मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका छन् ।
त्यसै गरी, जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तरै पनि त्यसले ठुला कुराहरूको शेखी गर्दछ । हेर, एउटा सानो आगोको झिल्कोले कसरी ठुलो जङ्गलमा डढेलो लगाउँछ ।