धर्मीले परमेश्वरको बदला देख्दा, त्यो आनन्दित हुनेछ । तिनीहरूले आफ्ना खुट्टाहरू दुष्टहरूका रगतमा धुनेछन्,
TSK
TSK · रोमी 3:5
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
परमप्रभु डाही परमेश्वर हुनुहुन्छ र उहाँले बदला लिनुहुन्छ । परमप्रभुले बदला लिनुहुन्छ र उहाँ क्रोधले भरिनुभएको छ । उहाँले आफ्ना विरोधीहरूसँग बदला लिनुहुन्छ र आफ्ना शत्रुहरूप्रति उहाँको रिस रहिरहन्छ ।
तर तिमीहरूको कठोर र अपश्चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ ।
अब हामी जान्दछौँ, कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्नेहरू कै लागि भन्छ । यो हरेक मुख बन्द होस् भन्नाका लागि हो, ताकि सारा संसार परमेश्वरप्रति जवाफदेही हुन सकून् ।
¶ तब हामी के भनौँ त? हाम्रा पुर्खा अब्राहामले शरीरअनुसार के पाए त?
म तिमीहरूको शरीरको कमजोरीको कारणले बोल्ने मानिसझैँ बोल्छु । किनकि जसरी तिमीहरूले आफ्नो शरीरका अङ्गहरू अशुद्धता र दुष्टका नोकरहरूको रूपमा दियौ; त्यसरी नै अब शुद्धिकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको सेवकको रूपमा देओ ।
किनकि सृष्टिलाई व्यर्थताको वशमा सुम्पिएको छ; यसको आफ्नै इच्छामा होइन, तर यसलाई वशमा राख्नुहुनेको इच्छामा । यो दृढ निश्चयता हो,
त्यसैले, परमेश्वरले जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई दया गर्नुहुन्छ र जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई कठोर पनि बनाउनुहुन्छ ।
के मैले यी कुराहरू मानवीय अधिकारको आधारमा भनिरहेको छु? के व्यवस्थाले पनि यसै गर भन्दैन र?
भाइहरू हो, म मानवीय शब्दहरूमा बोल्दछु । एक पटक पक्का भइसकेको मानिसले बनाएको इच्छा-पत्र त न कसैले रद्द गर्छ न त त्यसमा केही थपिन्छ ।
तिनीहरूले परमेश्वरका दास मोशा र थुमाको गीत गाइरहेका थिएः “हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका कामहरू महान् र आश्चर्यपूर्ण छन् । हे जातिहरूका राजा, तपाईंका मार्गहरू न्यायी र सत्य छन् ।
स्वर्ग, त्यसमाथि आनन्द गर, विश्वासीहरू, प्रेरितहरू र अगमवक्ताहरू, किनकि परमेश्वरले तिमीहरूमाथिको न्याय त्यसमाथि ल्याउनुभएको छ ।”