अनि पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नेछौ ।
TSK
TSK · रोमी 6:3
Treasury of Scripture Knowledge references in अनलक शाब्दिक बाइबल.
मानिसहरूले त्यो कुरा सुनेपछि उनीहरूले प्रभु येशूको नाउँमा बप्तिस्मा लिए ।
तर यदि हामी ख्रीष्टसँग मरेका छौँ भने, हामी विश्वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौँ ।
¶ भाइ हो, के तिमीहरूलाई थाहा छैन (किनकि म व्यवस्था जान्नेहरूसित बोल्दै छु), कि व्यवस्थाले मानिस जीवित रहँदासम्म मात्र नियन्त्रण गर्छ?
तिमीहरूको घमण्ड ठिक होइन । के थोरै खमिरले पुरै रोटीलाई खमिरी बनाउँछ भन्ने तिमीहरू जान्दैनौ?
अधर्मीहरूले परमेश्वरको राज्यमा उत्तराधिकार पाउदैनन् भनेर के तिमीहरूलाई थाहा छैन? झुटको विश्वास नगर । अनैतिक यौन-सम्बन्धहरू मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू,
तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन, जो तिमीहरूभित्र रहनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पाएका छौ? तिमीहरू आफ्नै होइनौ भन्ने के तिमीहरूलाई थाहा छैन?
दौडमा सबै मानिसहरू दौडिन्छन्, तर एक जनाले मात्र पुरस्कार पाउँछ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? त्यसैले, पुरस्कार पाउने गरी दौड ।
नत्रता मरेकाहरूको निम्ति बप्तिस्मा लिनेहरूले के गर्ने त? यदि मरेकाहरू जीवित नपारिने हो भने किन तिनीहरूका निम्ति उनीहरूले बप्तिस्मा लिए?
म ख्रीष्टसँगै क्रुसमा टाँगिएको छु । अब उसो जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ । अब जुन जीवन म शरीरमा जिउँछु, म परमेश्वरका पुत्रको विश्वासमा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैँलाई मेरो निम्ति दिनुभयो ।
तिमी व्यभिचारीहरू हो! संसारसितको मित्रता परमेश्वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण, जसले संसारको मित्र हुने इच्छा गर्दछ, उसले आफैँलाई परमेश्वरको शत्रु बनाउँछ ।