किनभने मैले त्यसलाई आफ्ना छोराछोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस् भनेर छानेको छु, ताकि परमप्रभुले अब्राहामलाई भन्नुभएको कुरा पुरा गर्नुभएको होस् ।”
TSK
TSK · २ इतिहास 14:4
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
म उसको घरानाको विरुद्ध सधैंको लागि एकैपल्ट न्याय गर्न लागेको छु भनी मैले उसलाई भनेको छु, किनभने उसका छोराहरूले आफैमाथि सराप ल्याए र उसले तिनीहरूलाई रोकेन ।
तिनीहरूले सात वटा साँढे, सात वटा भेडा र सात वटा थुमा ल्याए, अनि राज्य, पवित्रस्थान र यहूदाको लागि पापबलिको निम्ति सात वटा बोका ल्याए । तिनले पुजारीहरू, हारूनका छोराहरूलाई यी सबै परमप्रभुको वेदीमा चढाउने हुकुम गरे ।
यसको साथै राजा हिजकिया र तिनका अगुवाहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्दमा परमप्रभुको स्तुतिगान गर्न लाए । तिनीहरूले खुसीसाथ स्तुति गाए र घोप्टो परे र आरधना गरे ।
जो पवित्र स्थानका शुद्धीकरणको मनकबमोजिम शुद्ध नभए तापनि परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको खोजी गर्ने सङ्कल्प गरेको छ ।”
तिनले यरूशलेम र बेन्यामीनमा उपस्थित भएका सबैलाई त्यो करार अनुसार हिंड्न लगाए । यरूशलेमका बासिन्दाहरूले परमेश्वर, तिनीहरूका पुर्खाहरूका परमेश्वरको करारअनुसार काम गरे ।
तिनीहरू आफ्ना दाजुभाइहरू, तिनीहरूका कुलीनहरूसित मिलेर परमेश्वरका दास मोशाद्वारा दिइएको परमेश्वरको व्यवस्थामा हिँड्न र परमप्रभु हाम्रा परमेश्वरका सबै आज्ञा, उहाँका आदेशसाथै विधिविधानहरू मान्न र पालन गर्न सरापको शपथद्वारा बाँधिए ।
शबाथअगि यरूशलेमका प्रवेश-द्वारहरूमा साँझ पर्नेबित्तिकै ती बन्द गरेर शबाथ नसकिएसम्म नखोलिऊन् भनी मैले आज्ञा दिएँ । शबाथ-दिनमा कुनै भारी भित्र लैजान नसकियोस् भनेर प्रवेश-द्वारहरूमा मैले मेरा केही सेवकहरू नियुक्त गरेँ ।
आफ्नो सारा हृदयले म तपाईंलाई खोज्दछु । मलाई तपाईंका आज्ञाहरूबाट टाढा जान नदिनुहोस् ।
किनभने इस्राएलको घरानालाई परमप्रभु यस्तो भन्नुहुन्छः “मेरो खोजी गर र जीवित रहो!