अनि तिनीहरूका छोरीहरूले तिनीहरूका देवी-देवताहरूका निम्ति आफैलाई वेश्या-वृत्तिमा लगाउनेछन् अनि तिनीहरूले तिमीहरूका छोराहरूलाई पनि तिनीहरूका देवी-देवताहरूका निम्ति वेश्या-वृत्तिमा लैजानेछन् ।
TSK
TSK · २ इतिहास 21:11
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
त्यस मानिस र त्यसको वंशको विरुद्ध म आफै खडा हुने छु, र त्यसलाई र मोलोखसँग वेश्यागमन गर्ने सबैलाई बहिष्कृत गर्ने छु ।
परमप्रभुले मोशालाई भन्नुभयो, “हेर्, तँ तेरा पिता-पुर्खाहरूसित सुत्ने छस् । जुन देशमा यी मानिसहरू जाँदै छन्, त्यहाँ तिनीहरूले अनौठा देवताहरूको पछि लागि आत्मिक व्यभिचार गर्ने छन् । तिनीहरूले मलाई त्याग्ने छन् र मैले तिनीहरूसित बाँधेको मेरो करार भङ्ग गर्ने छन् ।
तर तैँले तँभन्दा अगिका सबैले भन्दा दुष्ट काम गरेको छस् । तैँले अरू देवताका मूर्तिहरू र ढालेर बनाएका धातुका प्रतिमूर्तिहरू बनाएर मलाई रिस उठाएको छस्, र मलाई तेरो पीठपछि राखेको छस् ।
योरामले येहूलाई देखेपछि तिनले भने, “येहू, के तिमी मित्रभावले आएको हो?” तिनले जवाफ दिए, “तिम्री आमा ईजेबेलका यति धेरै मूर्तिपूजा र वेश्यावृत्ति हुँदाहुँदै पनि कसरी मित्रभाव हुन्छ?”
तर आहाबको घरानाले गरेझैं इस्राएलका राजाहरूका चालमा चलेर आहाबको परिवारले गरेजस्तै तैंले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई वेश्याहरूजस्तै गर्न लगाइस्, र तैंले तँभन्दा असल तेरा बुबाका परिवारका आफ्नै भाइहरू, तँभन्दा असल मानिसहरू पनि तैंले मारिस् —
किनकि तिनीहरूले उहाँलाई आफ्ना अग्ला डाँडाहरूले क्रुद्ध बनाए र आफ्ना मूर्तीहरूले उहाँलाई डाहले रसाउने बनाए ।
तिनीहरूका पापहरू र तिनीहरूका पुर्खाहरूका पापहरूको निम्ति एकसाथ,” परमप्रभु भन्नुहुन्छ । “डाँडाहरूमाथि धूप बालेको र पहाडहरूमाथि मेरो गिल्ला गरेकोमा म तिनीहरूसँग बदला लिनेछु । यसकारण तिनीहरूको विगतका कामहरूलाई तिनीहरूको काखमा म नापिदिनेछु ।”
तर तेरो आफ्नो सौन्दर्यमा तैंले भरोसा राखिस् र तेरो ख्यातिको कारणले तैंले एक वेश्याले झैं काम गरिस् । छेउबाट जाने जोसुकैलाई पनि तैंले वेश्याले झैं आफ्नो काम तैंले गरिस्, ताकि तेरो सौन्दर्य उसको भयो ।
जब मैले शपथ खाएर तिनीहरूलाई दिन्छु भनेको देशमा मैले तिनीहरूलाई ल्याएँ, तब जहाँ तिनीहरूले कुनै अग्लो डाँडा वा कुनै झ्याम्म पातहरू भएको रूख देखे, त्यहाँ तिनीहरूले आफ्ना बलिदानहरू चढाए । अनि आफ्ना भेटीहरूद्वारा तिनीहरूले मलाई रिस उठाए, र त्यहाँ तिनीहरूले आफ्ना सुगन्धित धूप पनि बाले र आफ्ना अर्घ-बलि चढाए ।
कि तपाईंहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्ने बित्तिकै तपाईंहरू सबै जनाले आफूलाई भुइँमा घोप्टो पार्नुपर्छ अनि नबूकदनेसर महाराजाले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु लम्पसार हुनुपर्छ ।
तँ इस्राएलले व्यभिचार गरेको भए पनि, यहूदाचाहिं दोषी नहोस् । ए मानिस हो, तिमीहरू गिलगालमा नजाओ माथि बेथ-आवनमा नजाओ, र “परमप्रभु जिउँदो हुनुभएझैं” भनेर शपथ नखाओ ।
‘धिक्कार त्यसलाई जसले आफ्नो छिमेकीलाई मद्य पियाउन जोड गर्छ । तैँले आफ्नो रिस पोख्नलाई, र तिनीहरूको नग्नता हेर्नको निम्ति तिनीहरूलाई मद्यले टिल्ल पार्छस् ।’
त्यसलाई त्यो पशुको मूर्तिलाई जीवित पार्ने अनुमति दिइयो, जसले गर्दा त्यो मूर्तिले बोल्न सकोस् र त्यस पशुको मूर्तिलाई पुजा गर्न इन्कार गर्नेहरू मारिन सकून् ।