जब यहोराम आफ्ना बुबाको राज्यमा उदाएका र आफैलाई राजाको रूपमा बलियोसँग स्थापित गरेका थिए, तब तिनले आफ्ना सबै भाइलाई र इस्राएलका धेरै जना अगुवालाई तरवारले मारे ।
TSK
TSK · २ इतिहास 21:2
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
तिनले पुजारी र लेवीहरूलाई एकसाथ भेला गरे र तिनीहरूलाई भने, “हरेक वर्ष यहूदाका सहरहरूमा जाओ र सबै इस्राएलबाट परमप्रभुको मन्दिरको पुनर्निर्माण गर्नलाई पैसा जम्मा गर । तिमीहरू यो काम झट्टै सुरु गरिहाल ।” लेवीहरूले सुरुमा केही पनि गरेनन् ।
किनकि इस्राएलका राजा आहाजको कारणले परमप्रभुले यहूदालाई तल होच्याउनुभयो । किनकि यहूदामा तिनले दुष्टतापूर्वक काम गरेका थिए र परमप्रभुको विरुद्ध धेरै पाप गरेका थिए ।
आहाज आफ्ना पुर्खारूसित सुते, र तिनीहरूले उनलाई यरूशलेम सहरमा गाडे, तर तिनीहरूले तिनलाई इस्राएलका राजाहरूका चिहानमा गाडेनन् । तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए ।
शमूएल अगमवक्ताको समयदेखि यता यस प्रकारले निस्तार-चाडको उत्सव इस्राएलमा कहिल्यै मनाइएको थिएन, न त पुजारीहरू, लेवीहरू र यरूशलेमका बासिन्दाहरूसँग उपस्थित भएका सबै यहूदा र इस्राएलका साथमा योशियाहले मानेझैं इस्राएलका अरू कुनै राजाहरूले कहिल्यै यस्तो किसिमले निस्तार-चाड मानेका थिए ।