TSK

TSK · २ इतिहास 32:8

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

मानिसहरूले विश्‍वास गरे । परमप्रभुले इस्राएलीहरूको वास्ता गर्नुहुन्छ र उहाँले तिनीहरूमाथि गरिएको थिचोमिचो देख्‍नुभएको छ भनी जब तिनीहरूले सुने, तिनीहरूले आ-आफ्ना शिर झुकाई उहाँको आराधना गरे ।

'हे इस्राएली हो, सुन । तिमीहरू आफ्ना शत्रुको विरुद्धमा युद्धमा जान लागेका छौ । तिमीहरूका ह्रदय विचलत नहोऊन् । नडराओ, नकाम । तिनीहरूदेखि भयभीत नहोओ ।

यहशूले यी सबै राजा र उनीहरूका भूमिलाई एकै पटकमा कब्जा गरे, किनभने परमप्रभु इस्राएलका परमश्‍वर इस्राएलको पक्षमा युद्ध गर्नुभयो ।

हेर, परमेश्‍वर हाम्रा शिरमा हामीसँग हुनुहुन्छ, र उहाँका पुजारीहरू तिमीहरूका विरुद्धमा खतराको संकेत दिनलाई तुरही लिएर यहाँ छन् । हे इस्राएलका मानिसहरू हो, परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा युद्ध नगर, किनकि तिमीहरू सफल हुनेछैनौ ।”

आसाले परमप्रभु आफ्‍ना परमेश्‍वरसित पुकारा गरे र भने, “हे परमप्रभु, धेरै जनाको सामना गर्नुपर्दा जससँग बल छैन त्‍यसलाई सहायता गर्ने तपाईंबाहेक अरू कोही पनि छैन । हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीलाई सहायता गर्नुहोस्, किनकि हामी तपाईंमा भर पर्छौं, र तपाईंकै नाउँमा यस ठूलो फौज को विरुद्धमा सामना गर्न हामी आएका छौं । हे परमप्रभु, तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ । मानिसले तपाईंलाई पराजित गर्न नदिनुहोस् ।”

यो लडाइँ तिमीहरूले लड्‌नुपर्ने छैन । ए यहूदा र यरूशलेम, आफ्नो पंक्तिमा खडा होओ, स्थिर खडा होओ, र परमप्रभुले तिमीहरूलाई बचाउनुभएको कामलाई हेर । नडराओ, न त हतास होओ । तिनीहरूको विरुद्ध भोलि निस्‍केर जाओ, किनकि परमप्रभु तिमीहरूसँग हुनुहुन्छ ।’”

अब हिजकियाले यसो भनेर तिमीहरूलाई छलमा पार्न र तिमीहरूलाई मनाउन नदेओ । तिमीहरू तिनीमाथि विश्‍वास नगर, किनकि कुनै पनि जाति वा राज्यका देवताले आफ्ना मानिसलाई मेरो वा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन । तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मेरो हातबाट कति थोरै बचाउने छन् र?”

सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्‍वर हाम्रो शरण हुनुहुन्छ । सेला

मानिसको हृदयमा भएको चिन्ताले उसलाई कमजोर तुल्याउँछ, तर असल वचनले उसलाई प्रसन्‍न पार्छ ।

तिनीसँग लड्दा र युद्ध गर्दा परमप्रभुले तिनीहरूलाई दिनुभएको हरेक प्रहारसँग खैंजडी र वीणाहरूको सङ्गितले साथ दिइनेछ ।

हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा पार्न नदेओ, 'परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ' । के अश्शूरका राजाका हातबाट मानिसहरूका कुनै देवताहरूले तिनीहरूलाई छुटकारा दिएका छन् र?

परमप्रभु भन्‍नुहुन्छ, “मानव-जातिमा भरोसा गर्ने व्यक्ति श्रापित होस् । त्यसले शरीरलाई आफ्नो शक्ति सम्झन्छ, तर आफ्नो हृदय परमप्रभुबाट टाढा लैजान्छ ।

तर प्रभु मसँग उभिनुभयो र मलाई बल दिनुभयो, ताकि मद्वारा सुसमाचारको घोषणा पूर्ण रूपमा पुरा हुन सकोस् र सबै गैरयहूदीहरूले सुन्‍न पाऊन् । यसैले, मैले सिंहको मुखबाट छुटकारा पाएँ ।

मेरा प्रिय बालकहरू हो, तिमीहरू परमेश्‍वरका हौ, र तिमीहरूले ती आत्माहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ ।