मोशाले परमप्रभुलाई पुकारा गरे, र उहाँले तिनलाई एउटा बिरुवा देखाइदिनुभयो । मोशाले त्यसलाई पानीमा हाल्दा पानी पिउनलाई मिठो भयो । त्यहीँ नै परमप्रभुले तिनीहरूलाई कडा विधि दिनुभयो, त्यहाँ नै उहाँले तिनीहरूको जाँच गर्नुभयो ।
TSK
TSK · २ राजाहरू 2:21
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
तर एलीशाले भने, “केही पिठो ल्याऊ ।” तिनले त्यसलाई भाँडोभित्र हाले र भने, “मानिसहरूलाई यो खान देऊ ताकि तिनीहरूले त्यो खानसकून् ।” तब त्यस भाँडोमा त्यस्तो हानिकारक कुनै कुरो बाँकी रहेन ।
उहाँले नदीहरूलाई उजाडस्थानमा र पानीका मूलहरूलाई सुख्खा जमिनमा,
तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्ट दिन्छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्ट कुराहरू भन्दछन् ।
येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँले भुइँमा थुक्नुभयो र थुकले माटो मुछ्नुभयो, अनि त्यसको आँखामा पोतिदिनुभयो ।
उहाँले तिनीहरूका आँखाबाट आँशुका हरेक थोपा पुछिदिनुहुनेछ, र त्यहाँ कुनै मृत्यु हुनेछैन, वा शोक वा विलौना वा कष्ट पनि हुनेछैन । पहिलेका थोकहरू बितेर गएका छन् ।