¶ परमप्रभु परमेश्वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो । त्यसले स्त्रीलाई भन्यो, “के परमेश्वरले साँच्चै नै तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानू भनी भन्नुभएको छ?”
TSK
TSK · २ शमूएल 13:3
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
यहूदाले ती स्त्रीका हातबाट बन्धकमा रहेका सामान प्राप्त गर्न आफ्ना मित्र अदुल्लामवासीसँग एउटा पाठो पठाए, तर उनले तिनलाई भेट्टाएनन् ।
यिशैले शम्मालाई नि हिंड्न लगाए, तर शमूएलले भने, “परमप्रभुले यसलाई पनि चुन्नुभएको छैन ।”
योआबले तकोमा खबर पठाए र एउटा बुद्धिमानी स्त्रीलाई तिनीकहाँ ल्याउन लगाए । तिनले उनलाई भने, “कृपया तिमी शोकमा परेको बहाना गर र शोकको लुगा लगाऊ । आफूलाई तेल नलगाऊ, तर मरेको मानिसको निम्ति लामो समयदेखि शोकमा परेकी स्त्रीजस्तो होऊ ।
त्यसले इस्राएलको अपमान गर्दा दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मार्यो ।
दाऊदका काका जोनाथन सल्लाहकार थिए, किनकि तिनी बुद्धिमानी र शास्त्री थिए । हक्मोनीका छोरा यहीएलले राजाका छोराहरूको रेखदेख गरे ।
तर तिनकी पत्नी जेरेशले हामान र तिनका सबै मित्रहरूलाई भनिन्, “तिनीहरूले पच्चिस मिटर अग्लो एउटा फाँसीको काठ बनाऊन् । बिहान मोर्दकैलाई त्यसमा झुण्ड्याउन राजासित कुरा गर्नुहोस् । तब आनन्दित भएर राजासँगै भोजमा जानुहोस् ।” हामानलाई यो कुरा मन पर्यो, र तिनले एउटा फाँसीको काठ बनाउन लगाए ।
धेरैले उदार मानिसबाट निगाहको लागि बिन्ति गर्ने छन्, र हरेक व्यक्ति उपहार दिनेको मित्र बन्छ ।
किनकि संसारको ज्ञान परमेश्वरको निम्ति मूर्खता हो । किनकि यस्तो लेखिएको छ, “उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ ।”