किनभने हे परमप्रभु, तपाईं मेरो बत्ती हुनुहुन्छ । परमप्रभुले मेरो अँध्यारोलाई चम्काउनुहुन्छ ।
TSK
TSK · प्रेरित 12:7
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
परमप्रभुका दूत दोस्रो पटक पनि आए र तिनलाई छोएर भने, “उठेर खाऊ किनकि तिम्रो लागि यात्रा निकै लामो छ ।”
दुष्ट व्यक्तिले धर्मी व्यक्तिलाई हे्र्छ र तिनलाई मार्न खोज्छ ।
उहाँले तिनीहरूलाई अन्धकार र दुःखबाट बाहिर निकाल्नुभयो र तिनीहरूका बन्धनहरू छिनाउनुभयो ।
मेरो पुकारा सुन्नुहोस्, किनकि मलाई धेरै तल झारिएको छ । मेरो सतावट गर्नेहरूबाट मलाई बचाउनुहोस्, किनकि तिनीहरू मभन्दा बलिया छन् ।
तेरो निम्ति चिन्ह यो हुनेछ, “यो वर्ष तैंले आफै उम्रेका कुरा खानेछस्, र दोस्रो वर्षमा त्यसबाट उम्रेका कुरा खानेछस् । तर तेस्रो वर्ष तैंले रोप्नुपर्छ र कटनी गर्नुपर्छ, दाखबारी रोप्नुपर्छ र तिनका फल खानुपर्छ ।
हेर, इस्राएलका परमेश्वरको महिमा पूर्वबाट आयो । उहाँको आवाज धेरै पानीको झैं थियो, र पृथ्वीले उहाँको महिमाको प्रकाश दियो ।
मेरा परमेश्वरले आफ्नो सन्देशवाहक पठाउनुभएको अनि सिंहहरूका मुखहरूलाई बन्द गर्नुभएको छ, र तिनीहरूले मलाई कुनै हानी गरेका छैनन् । किनभने उहाँ अनि हजुर, महाराजाका सामु म दोषरहित भेट्टाइएँ, र मैले हजुरलाई कुनै हानी गरेको छैनँ ।”
प्रकाशझैँ चम्किलो, दुईवटा किरण उहाँको हातबाट चम्कियो, र उहाँले आफ्नो शक्ति त्यहाँ लुकाउनुहुन्छ ।
एक्कासि, तिनीहरूकहाँ परमप्रभुका एउटा दूत देखा परे, र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्किरहेको थियो, र तिनीहरू साह्रै भयभीत भए ।
उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।
तिनी जाँदै गर्दा जब तिनी दमस्कस नजिकै आइपुगे तब अकस्मात् तिनको वरिपरि स्वर्गबाट आएको ज्योति चम्क्यो ।
हेरोदले तिनलाई बाहिर ल्याउन खोजेको अघिल्लो दिन, त्यस रातमा पत्रुस दुई जना सिपाहीका बिचमा दुईवटा साङ्लाले बाँधिएर सुतिरहेका थिए । ढोकाको अगाडि पहरेदारहरूले झ्यालखानाको सुरक्षा दिइरहेका थिए ।
अचानक त्यहाँ एउटा ठुलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए । तुरन्तै झ्यालखानाका सबै ढोकाहरू खोलिए अनि सबैका साङ्लाहरू आफैँ खोलिए ।
किनकि प्रकट भएका सबै कुरा ज्योतिमा प्रकाशमान हुन्छन् । त्यसकारण यस्तो भनिएको छ कि, “सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्ट तिमीमा चम्कनुहुनेछ ।”
¶ यी कुराहरूपछि मैले अर्को स्वर्गदूत स्वर्गबाट तल झरिरहेको देखेँ । उनीसँग ठुलो शक्ति थियो, र उनको महिमाद्वारा पृथ्वी उज्यालो भएको थियो ।