TSK

TSK · प्रेरित 13:18

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

इस्राएलीहरू मानिसहरू बसोबास गरेको भूमिमा नआउञ्‍जेलसम्म तिनीहरूले चालिस वर्षसम्म मन्‍न खाइरहे । तिनीहरू कनान देशका सिमानाहरूमा नआउञ्‍जेलम्म यो खाइरहे ।

तिमीहरूका सन्तानहरू मरुभूमिमा चालिस वर्षसम्म गोठालाहरू हुनेछन् । मरुभूमिमा तिमीहरूका लाशहरू अन्त नभएसम्म तिनीहरूले तिमीहरूका विद्रोहका कार्यहरूका नतिजाहरू भोग्‍नुपर्छ ।

उजाड-स्थानमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई कसरी क्रोधित तुल्यायौ भनी याद राख । तिमीहरूले मिश्र देश छाडेदेखि तिमीहरू यस ठाउँमा नआउञ्‍जेलसम्म तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही बनेका छौ ।

तर तिनीहरू र हाम्रा पिता-पुर्खाहरू अटेरी र हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् ।

“मेरीबामा वा उजाडस्‍थानको मस्साहका दिनमा झैं आफ्नो हृदयलाई कठोर नपार,

यसैले मैले तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालें र तिनीहरूलाई उजाड-स्‍थान ल्‍याएँ ।

मिश्र, लाल समुद्रसाथै उजाड–स्थानमा चालिस वर्षसम्म आश्‍चर्यकर्म र चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए ।

¶ भाइहरू हो, तिमीहरूले यो जान भनी म चाहन्छु, कि हाम्रा पिता पुर्खाहरू सबै बादलमुनि थिए र सबै समुद्रको बिचबाट भएर गए ।

ती को थिए जसले परमेश्‍वरको आवाज सुने र उहाँको विरोध गरे? के ती सबै मोशाले मिश्र देशबाट निकालेर ल्याएकाहरू नै होइनन् र?