TSK

TSK · आमोस 4:13

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

मोशाले आफ्नो हात आकाशतिर पसारे र मिश्र देशभरि तिन दिनसम्म निस्पट्ट अन्धकार छायो ।

उहाँले तिनलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरूमा सवार गराउनुभयो, र बारीको फल खुवाउनुभयो । उहाँले तिनलाई चट्टानबाट निस्केको मह र दर्शन-ढुङ्गाको भीरको तेलले पालन-पोषण गर्नुभयो ।

उहाँ उही परमेश्‍वर हुनुहुन्छ जसले सूर्यलाई नउदाउन भन्‍नुहुन्‍छ, र त्‍यो उदाउँदैन, र जसले ताराहरूलाई ढाक्‍नुहुन्छ,

किनकि पडाडहरूलाई दृढ पार्ने तपाईं नै हुनुहुन्छ । तपाईं जसले बलको पेटी लगाउनुभएको छ ।

म बस्‍दा र म उठ्दा तपाईंले जान्‍नुहुन्छ । तपाईंले मेरो विचार टाढैबाट बुझ्‍नुहुन्छ ।

त्यस दिन शिकारको विरुद्धमा तिनीहरू समुद्र गर्जेझैं गर्जनेछन् । कसैले देशलाई हेर्छ भने, उसले अन्धकार र कष्‍ट देख्‍नेछ । प्रकाशलाई पनि बादलले अँध्यारो पार्नेछ ।

म नै ज्योति बनाउँछु र अन्धकारको सृष्‍टि गर्छु । म शान्ति ल्याउँछु र विपत्तिको सृजना गर्छु । यी सबै कुराहरू गर्ने परमप्रभु म नै हुँ ।

किनकि तिनीहरूले आफूलाई पवित्र सहरका मानिसहरू भन्छन् र इस्राएलको परमेश्‍वरमा भरोसा गर्छन् । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।

तर परमेश्‍वर जो याकूबको हिस्सा हुनुहुन्छ, उहाँ तीजस्ता छैनन्, किनकि उहाँ त सबै कुराका निर्माणकर्ता हुनुहुन्छ । इस्राएल उहाँको उत्तराधिकारको कुल हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।

जस्‍तो म जीवित छु, सर्वशक्तिमान् परमप्रभु महाराजा घोषणा गर्नुहुन्‍छ— कोही एक जना तबोर पर्वतझैं र समुद्र किनारको कर्मेल पर्वतझैं आउनेछ ।

तर परमेश्‍वर जो याकूबको हिस्सा हुनुहुन्छ, उहाँ यीजस्ता हुनुहुन्‍न, किनकि उहाँले नै सबै थोक बनाउनुहुन्छ । इस्राएल उहाँको उत्तराधिकारको कुल हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।

यसैले आफ्नो परमेश्‍वरकहाँ फर्क । करारको विश्‍वस्‍तता र न्याय कायम राख र आफ्नो परमेश्‍वरमा निरन्तर पर्ख ।

परमेश्‍वरले किरकिटी र मृगशिरालाई बनाउनुभयो । उहाँले अन्धकारलाई बिहानमा परिणत गर्नुहुन्छ । उहाँले दिनलाई रातको अन्‍धकार बनाउनुहुन्छ र समुद्रको पानीलाई बोलाउनुहुन्छ । उहाँले त्यसलाई पृथ्वीको सतहमा खन्याउनुहुन्छ । उहाँको नाउँ परमप्रभु हो ।

“म, परमप्रभुले आफैंसित यो प्रतिज्ञा गरेको छु — यो परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर घोषणा हो, म याकूबको घमण्डलाई घृणा गर्छु, म त्यसका किल्लाहरूलाई घृणा गर्छु । यसकारण म त्यो सहरमा भएका सबै थोकसँगै त्‍यसलाई सुम्पिदिनेछु ।”

उहाँले आकाशमा आफ्नो महल बनाउनुहुन्छ, र पृथ्वीमा आफ्नो जग बसाल्‍नुहुन्छ । उहाँले समुद्रको पानीलाई बोलाउनुहुन्छ, र पृथ्वीको सतहमा खन्‍याउनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो ।

परमप्रभु परमेश्‍वर मेरो शक्ति हुनुहुन्छ र उहाँले मेरा खुट्टालाई हरिणका झैँ बनाउनुहुन्छ । उहाँले मलाई उच्‍च स्थानहरू अगि जान दिनुहुन्छ । सङ्गीत निर्देशकको निम्ति, मेरा तार- वाद्दहरुमा बजाइने राग ।

येशूले तिनीहरूको विचारलाई थाहा पाउनुभयो र भन्‍नुभयो, “किन तिमीहरू आफ्ना हृदयमा दुष्‍ट विचार गरिरहेका छौ?

किनकि मानिसको बारेमा उहाँलाई कसैले गवाही दिनुपर्दैनथ्यो, किनभने त्यसभित्र के छ भन्‍ने उहाँ जान्‍नुहुन्थ्यो ।