तिमीहरूका पिताले मलाई ठगेका छन्, र मेरो ज्याला दस पटक बद्लेका छन्, तर परमेश्वरले तिनलाई मेरो हानि गर्न दिनुभएको छैन ।
TSK
TSK · दानिएल 1:20
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
तब फारोले आफ्ना बुद्धिमानी मानिस र टुनामुना गर्नेहरूलाई डाके । तिनीहरूका जादुद्वारा तिनीहरूले पनि उही कुरो गरे ।
तर जादुगरहरूले पनि त्यसै गरे । तिनीहरूले पनि मिश्र देशभरि भ्यागुताहरू ल्याए ।
शक्तिका चिन्हहरू देख्ने ती सबै मानिस जसलाई मैले मिश्र देश र मरुभूमिमा गरेँ, तिनीहरूले मलाई दस पटकसम्म परीक्षा गरेका छन् र मेरो आवाज सुनेका छैनन् ।
¶ जब शेबाकी रानीले परमप्रभुको नाउँको सम्बन्धमा सोलोमनको कीर्ति सुनिन्, उनी कठिन प्रश्नहरू लिएर तिनलाई जाँच गर्न आइन् ।
त्यस बेला तिनीहरूको नजिक बस्ने यहूदीहरू सबै दिशाबाट आएर तिनीहरूले हाम्रो विरुद्धमा रचेका षड्यन्त्रहरूको बारेमा चेताउनी दिँदै हामीलाई दस पटक बताए ।
मेरा शिक्षकहरूभन्दा मसँग धेरै सुझबुझ छ, किनकि तपाईंको करारका आदेशहरूमा नै म ध्यान गर्छु ।
आफ्नो तन्त्रमन्त्र र आफ्ना धेरै टुनामुनामा निरन्तर लाग्, जसलाई तैंले आफ्नो बाल्यकालदेखि नै विश्वस्ततासाथ उच्चारण गरेको छस् । सायद तँ सफल हुनेछस्, सायद तैंले विपत्तिलाई भगाउनेछस् ।
यसैले आफूमा भएका बुद्धिको निम्ति प्रख्यात भएका सबै जनालाई मार्नको निम्ति उर्दी जारी भयो । यही उर्दीको कारणले, तिनीहरूले दानिएल र तिनका साथीहरूलाई पनि खोजे ताकि तिनीहरूलाई मार्न सकियोस् ।
दानिएलले राजालाई जवाफ दिए र यसो भने, “राजाले सोध्नुभएको रहस्यलाई बुद्धि भएकाहरूले प्रकट गर्न सक्दैनन्, न त मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूले, न त जादुगरहरूले र ज्योतिषीहरूले नै गर्न सक्छन् ।
मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूलाई भित्र ल्याउनको निम्ति राजाले आदेश दिए । बेबिलोनमा आफ्ना बुद्धिको निम्ति ख्याति पाएकाहरूलाई राजाले यसो भने, “जसले यो लेख र यसको अर्थ बताउन सक्छ उसलाई बैजनी लुगा पहिराइनेछ र उसको घाँटीमा सुनको सिक्री लगाइनेछ । त्यसलाई यस राज्यको तेस्रो उच्च शासकको अधिकार दिइनेछ ।”
जसरी यान्नेस र याम्ब्रेस मोशाको विरुद्धमा खडा भए, त्यसरी नै यी झुटा शिक्षकहरू सत्यको विरुद्धमा खडा हुन्छन् । तिनीहरूको मन भ्रष्ट भएको छ, र तिनीहरूले विश्वासलाई इन्कार गरेका छन् ।