TSK

TSK · दानिएल 11:22

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

त्‍यसकारण परमप्रभुले शक्तिशाली र धेरै नदीको पानी अर्थात् अश्‍शूरका राजा र तिनका सबै महिमा तिनीहरूमाथि ल्याउन लाग्‍नुभएको छ । त्‍यसका सबै नहरमा त्‍यो आउनेछ र त्‍यसका किनारहरू भरिएर बग्‍नेछन् ।

त्यसले आफूलाई सेनाका कमान्‍डर जत्तिकै महान् बनायो । त्यसले उहाँबाट नियमित होमबलि खोसेर लग्यो, र उहाँको पवित्रस्थानलाई अशुद्ध पारियो ।

बैसठ्ठी सातहरूपछि, अभिषिक्त जनलाई नाश पारिनेछ र तिनीसँग केही पनि हुनेछैन । आउनेवाला शासकका सेनाले सहर र पवित्र स्थानलाई नाश गर्नेछ । बाढीसँगै त्यसको अन्त्य आउनेछ, र अन्त्‍यसम्मै युद्ध हुनेछ । सर्वनाश पार्ने आज्ञा दिइएको छ ।

यसको निम्‍ति जमिन काम्‍नेछैन, अनि त्यसमा बसोबास गर्ने हरेकले विलाप गर्नेछैनन् र? त्यसको सबै थोक नील नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं त्यो छचल्‍किनेछ र डुब्‍नेछ ।

तर उहाँले महान् बाढीले आफ्ना शत्रुहरूको अन्त गर्नुहुनेछ, र उहाँले तिनीहरूलाई अन्धकारमा लानुहुनेछ ।