म अभिषिक्त राजा भएर पनि अहिले म कमजोर भएको छु । यी मानिसहरू, सरूयाहका छोराहरू मप्रति साह्रै निर्दयी भएका छन् । तिनको दुष्टता सुहाउँदो दण्ड परमप्रभुले तिनलाई दिनुभएको होस् ।”
TSK
TSK · दानिएल 6:16
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
धर्मीको उद्धार परमप्रभुबाट आउँछ । कष्टको समयहरूमा उहाँले तिनीहरूलाई रक्षा गर्नुहुन्छ ।
मानिसमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।
तँ पानीबाट भएर जाँदा, म तँसँग हुनेछु । अनि नदीहरूबाट भएर जाँदा तिनीहरूले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट भएर हिंड्दा तँ जल्नेछैनस् र ज्वालाहरूले तँलाई भस्म पार्नेछैनन् ।
त्यसैले राजा सिदकियाहले भने, “तिमीहरूको विरोध गर्न कुनै राजाले पनि नसक्ने हुनाले ऊ तिमीहरूकै हातमा छ ।”
तर त्यस दिन म तँलाईचाहिं छुटकारा दिनेछु, यो परमप्रभुको घोषणा हो, र तँ जसदेखि डराउँछस्, म तँलाई तिनीहरूको हातमा दिनेछैनँ ।
त्यहाँ कुनै जवाफ छ भने, त्यो यही हो, कि हामीले सेवा गर्ने परमेश्वरले हामीलाई दन्किरहेको आगोको भट्टीबाट सुरक्षित राख्न सक्नुहुन्छ, र उहाँले नै हामीलाई हजुर महाराजाको हातबाट बचाउनुहुनेछ ।
राज्यका सबै प्रमुख प्रशासकहरू र क्षेत्रीय गभर्नरहरू र प्रदेशीय गभर्नरहरू, सल्लाहकारहरू, र अन्य गभर्नरहरूले एकसाथ सल्लाह गरी यो निर्णय गरेका छौं, कि राजाले एउटा यस्तो उर्दि निकाली त्यसलाई लागु गर्नुहोस्, र भन्नुहोस्, तिस दिनसम्म हजुरबाहेक अरू कुनै देवता वा मानिसलाई कसैले प्रार्थना गर्यो भने, त्यो मानिस सिंहको खोरमा फालिनुपर्छ ।
आफ्नी आमाले सिकाएपछि तिनले भनिन्, “मलाई यहाँ एउटा थालमा बप्तिस्मा-दिने यूहन्नाको शिर दिनुहोस् ।”
तिनी तुरुन्तै राजाकहाँ आइन् र यसो भन्दै मागिन्, “मलाई झट्टै बप्तिस्मा-दिने यूहन्नाको शिर थालीमा दिनुहोस् भन्ने म चाहन्छु ।”
यस जवाफमा पिलातसले उहाँलाई छोड्ने कोसिस गरे, तर यहूदीहरू यसो भन्दै कराए, “तपाईंले यो मानिसलाई छोड्नुभयो भने तपाईं कैसरको मित्र हुनुहुन्नः जसले आफैँलाई राजा तुल्याउँछ, त्यो कैसरको विरुद्ध बोल्छ ।”
तर फेस्तसले यहूदीको समर्थन पाउन चाहन्थे र उनले पावललाई जवाफ दिए र भने, “के तिमी यरूशलेम गएर यी कुराहरूको इन्साफ मद्वारा गरिएको चाहन्छौ?”
किनभने गएको रात मैले आराधना गर्ने परमेश्वर जसको म हुँ, उहाँका एक स्वर्गदूत मेरो छेउमा उभिए