कनानीहरूको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म नै थियो ।
TSK
TSK · उत्पत्ति 13:7
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
त्यसै दिन परमप्रभुले यसो भनेर अब्रामसँग करार बाँध्नुभयो, “म तेरा सन्तानहरूलाई यसैद्वारा यो भूमि दिन्छु, जुन मिश्रादेखि महानदी अर्थात् युफ्रेटिससम्म छ-
तर गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसँग झगडा गरेर भने “यो पानी हाम्रो हो ।” यसकारण इसहाकले त्यस इनारको नाउँ एसेक राखे, किनभने तिनीहरूले उनीसँग झगडा गरे ।
गोठालाहरू आएर तिनीहरूलाई धपाउन खोज्दा मोशाले ती युवतीहरूको मदत गरे । त्यसपछि तिनले तिनीहरूका भेडा-बाख्राहरूलाई पनि पानी खुवाइदिए ।
यदि घर आफैँमा विभाजित हुन्छ भने, त्यो घर टिक्न सक्दैन ।
मूर्तिपूजा, तन्त्रमन्त्र, दुश्मनी, झैँझगडा, ईर्ष्या, क्रोध, स्वार्थ, फुट, गुटबन्दी,
बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर्दै हिँड, अनि तिमीहरूको समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर ।
किनभने एक पटक हामीहरू पनि लापरवाह, अनाज्ञाकारी थियौँ । हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौँ । हामी दुष्टता र ईर्ष्यामा जिउँथ्यौँ । हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौँ ।
¶ तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ? के त्यो तिमीहरूका सदस्यहरूका बिचमा सङ्घर्ष ल्याउने तिमीहरूका अभिलाषाहरूबाट आउँदैन र?