यसकारण सारा मनमनै यसो भन्दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा स्वामी पनि वृद्ध भइसक्नुभएको छ, के मैले सुख पाउँछु र?”
TSK
TSK · उत्पत्ति 21:6
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
उहाँले घरकी बाँझी स्त्रीलाई घर दिनुहुन्छ । उहाँले त्यसलाई छोराछोरीकी आनन्दित आमा बनाउनुहुन्छ । परमप्रभुको प्रशंसा गर ।
“के स्त्रीले आफ्नो दूध खुवाइरहेको बालकलाई बिर्सन सक्छे, अनि तिनले जन्माएकी बलकलाई दया देखाउँदिनन् र? हो, तिनीहरूले बिर्सन सक्छन्, तर तँलाई म बिर्सनेछैन ।
¶ “ए बाँझी स्त्री, जसले जन्म दिएकी छैन, गीत गा । आनन्दको गीत गा, उच्च सोरमा करा, तँ जो कहिल्यै प्रसव वेदनामा परेकी छैन । किनकि बाँझी स्त्रीको सन्तानहरू विवाहित स्त्रीको भन्दा धेरै छन्,” परमप्रभु भन्नुहुन्छ ।
मरियमले भनिन्, “मेरो प्राण परमभुमा आनन्दित छ ।
जब स्त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनकि तिनको समय आएको छ, तर जब तिनले बच्चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्ने आनन्दले तिनलाई पीडाको सम्झना हुँदैन ।
किनकि यस्तो लेखिएको छ, “ए बाँझी स्त्री, जसले जन्म दिन सक्दिनन्, आनन्द मनाओ । तिमी जसले बालक जन्माउने अनुभव पाएकी छैनौ, मन खोल र आनन्दले कराऊ । किनकि त्यस बाँझीका पति भएकाहरूका भन्दा पनि धेरै छोराछोरीहरू छन् ।”