TSK

TSK · उत्पत्ति 32:30

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

त्यसपछि त्यसले आफूसँग बात गर्नुहुने परमेश्‍वरका दूतलाई यो नाउँ दिई, “तपाईं मलाई देख्‍नुहुने परमप्रभु हुनुहुन्छ,” किनकि त्यसले भनी, “के उहाँले मलाई देखिसकेपछि पनि म उहाँलाई साँच्‍चै देखिरहन्छु?”

याकूब पद्दन-आरामबाट आउँदा परमेश्‍वर फेरि तिनीकहाँ प्रकट हुनुभई तिनलाई आशिष् दिनुभयो ।

परमप्रभुले जवाफ दिनुभयो, “मेरो आफ्नै उपस्थिति तँसँगै जानेछ, र म तँलाई विश्राम दिनेछु ।”

म मोशासँग दर्शन वा अड्कोमा होइन प्रत्यक्ष रूपमा बोल्छु । त्यसले मेरो रूप देख्छ । यसैले तिमीहरूलाई मेरो दास मोशा विरुद्ध बोल्न किन डर लागेन?”

इस्राएलमा मोशाजस्तै अगमवक्ता कोही खडा भएन जसलाई परमप्रभुले आमने-सामने चिन्‍नुहुन्थ्यो ।

त्यहाँबाट तिनी पनीएलमा गए र त्यहाँका मानिसहरूसँग पनि त्यही कुरा भने, तर पनीएलका मानिसहरूले तिनलाई सुक्‍कोतका मानिसहरूले झैं बोलेर जवाफ दिए ।

मानोहले परमप्रभुका दूतलाई भने, “तपाईंको नाउँ के हो, ताकि तपाईंको वचन पुरा हुँदा हामी तपाईंलाई सम्मान गर्न सकौं?”

परमप्रभुका दूत मानोह वा उनकी पत्‍नीकहाँ फेरि देखा परेनन् । तब मानोहलाई तिनी परमप्रभुका दूत रहेछन् भनेर थाहा भयो ।

तब मैले भने, “मलाई धिक्‍कार होस्! किनभने म सर्वनाश भएँ, म त अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध मानिसहरूको बिचमा म बस्छु, किनभने सर्वशक्तिमान् परमप्रभु महाराजा परमप्रभुलाई नै मेरा आँखाले देखेका छन्!”

कसैले पनि परमेश्‍वरलाई कहिल्‍यै देखेको छैन । पिताको छातीमा अडेस लाग्‍नुहुने एक मात्र परमेश्‍वरले उहाँलाई चिनाउनुभएको छ ।

किनकि परमेश्‍वरले भन्‍नुभयो, “अन्धकारबाट ज्योति चम्कनेछ ।” येशू ख्रीष्‍टको उपस्थितिमा परमेश्‍वरको महिमाको ज्ञानको ज्योति दिन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ ।

म यो प्रार्थना गर्दछु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश दिऊन् ।

तर अहिले परमेश्‍वरको मुक्‍ति ख्रीष्‍ट येशूको आगमनले प्रकट गरिदिएको छ, जसले मृत्युलाई नाश पार्नुभयो, सुसमाचारद्वारा कहिल्यै अन्त नहुने जीवन ल्याउनुभयो ।