TSK

TSK · उत्पत्ति 8:21

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

आज उप्रान्त तैँले खेती गर्दा यसले यसको सामर्थ्य (फल) दिनेछैन । तँ भगुवा र आवारा हुनेछस् ।”

पृथ्वीका मानिसहरूको दुष्‍टता बढी भएको र तिनीहरूका हृदयका विचारको हरेक भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो ।

जलप्रलयको पानीद्वारा फेरि सबै प्राणी नष्‍ट गरिनेछैनन् भनी म मेरो करार तिमीहरूसित स्थापित गर्दछु । पृथ्वीलाई सर्वनाश गर्ने जलप्रलय फेरि कहिल्यै आउनेछैन ।

वेदीमा राखिदिनू । त्यसपछि सिङ्गै भेडालाई जलाउनू । यो परमप्रभुलाई आगोद्वारा चढाइने मिठो बास्‍ना भएको होमबलि हो ।

तर त्यसका भित्री भागहरू र खुट्‍टाहरूलाई त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले वेदीमा भएका सबै कुराहरूलाई होमबलिको रूपमा जलाऊन् । त्यसले मेरो निम्ति मिठो सुगन्ध निकाल्‍ने छ; त्यो मेरो निम्ति चढाइएको होमबलि हुने छ ।

त्यसले पखेटाबाट त्यसलाई च्यातोस्, तर त्यसले त्यसलाई दुई टुक्रा नगरोस् । त्यसपछि पुजारीले त्यो वेदीको दाउरामाथिको आगोमा जलाओस् । यो एउटा होमबलि हुने छ, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो नै आगोबाट चढाइएको बलि हुने छ ।

यसकारण अब, म तपाईंलाई बिन्ती गर्छु, मेरो मालिक राजाले आफ्नो दासको कुरा सुन्‍नुहोस् । परमप्रभुले नै तपाईंलाई मेरो विरुद्धमा उक्साउनुभएको हो भने, उहाँले बलिदान ग्रहण गर्नुभएको होस् । तर यो मानवजाति हो भने, तिनीहरू परमप्रभुको सामु श्रापित होऊन्, किनकि तिनीहरूले मलाई आज बाहिर धपाएका छन्, ताकि म परमप्रभुको उत्तराधिकारमा रहन नसकौं । तिनीहरूले मलाई भनेका छन्, 'अरू देवताहरूको पुजा गर्न जाऊ ।'

मानिस के हो र ऊ शुद्ध हुनुपर्‍यो? स्‍त्रीबाट जन्मेको मानिस को हो जो धर्मी हुनुपर्‍यो?

दुष्‍टहरू गर्भमा हुँदा पनि तिनीहरू पथभ्रष्‍ट हुन्छन् । जन्मेदेखि नै तिनीहरू झुट बोलेर पथभ्रष्‍ट हुन्छन् ।

कसले भन्‍न सक्छ, “मैले मेरो हृदय शुद्ध राखेको छु । म मेरो पापबाट सफा छु?”

हे मेरी बहिनी, मेरी दुलही, तिम्रो प्रेम कति सुन्दर छ! तिम्रो प्रेम दाखमद्यभन्दा कति असल छ! कुनै पनि मसलाभन्दा तिम्रो अत्तरको बास्‍ना सुगन्धित छ ।

तेरो निम्ति तिनीहरू यस्तै भएका छन्— जससँग तैंले काम गरेको छस्, अनि तिनीहरूसँग तैंले आफ्‍नो जवानीखि किनबेच गरेको छस्, तिनीहरू हरेक आ-आफ्नै निर्देशनमा भौंतारिए । तँलाई छुटकारा दिने सक्‍ने त्‍यहाँ कोही छैन ।”

हामी सबै बह्रालिएका भेडाहरूजस्ता छौं । हामी प्रत्‍येक आ-आफ्नै मार्गतिर लागेका छौं र परमप्रभुले हामी सबैको अधर्म उसमाथि राख्‍नुभएको छ ।

हेर, मेरो सामु यस्तो लेखिएको छः म चूपचाप रहनेछैनँ, किनकि तिनीहरूलाई म साटो फेर्नेछु । तिनीहरूकै काखमा तिनीहरूलाई म बदला दिनेछु,

कुनै पनि कुराभन्दा हृदय बढी छली हुन्छ । यो रोगले ग्रस्त छ । यसलाई कसले बुझ्‍न सक्छ र?

जब म तिमीहरूलाई मानिसहरूबाट निकालेर ल्‍याउँछ र तिमीहरू छरपष्‍ट भएका देशहरूबाट तिमीहरूलाई भेला गराउनेछु, तब म तिमीहरूलाई बास्‍ना आउने धूपझैं ग्रहण गर्नेछु । जातिहरूका दृष्‍टिमा म तिमीहरूका बिचमा आफैलाई पवित्र प्रकट गर्नेछु ।

किनकि दुष्‍ट विचारहरू, हत्या, व्यभिचार, कामुक अनैतिकता, चोरी, झुटो गवाही र अपमान हृदयबाट निस्कन्छन् ।

यो तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो । बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए ।

शरीरको मानसिकता परमेश्‍वरप्रति शत्रुता हो, किनकि यो परमेश्‍वरको व्यवस्थाको अधीनमा छैन, न यो बस्‍न नै समर्थ हुन्छ ।

¶ तिमीहरू त आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौ ।

मैले सबै कुराहरू प्राप्‍त गरेको छु, र मसँग ती प्रशस्त छन् । म पूर्ण रूपमा भरिएको छु । तिमीहरूले इपाफ्रोडिटससँग पठाएका सामानहरू मैले पाएँ । ती सुगन्धित वासना आउने ग्रहणयोग्य बलिदान हुन् जसले परमेश्‍वरलाई प्रसन्‍न पार्दछ ।

¶ तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ? के त्यो तिमीहरूका सदस्यहरूका बिचमा सङ्घर्ष ल्याउने तिमीहरूका अभिलाषाहरूबाट आउँदैन र?

हामी जान्दछौँ, कि हामी परमेश्‍वरका हौँ, र सारा संसार दुष्‍टको नियन्‍त्रणमा परेको छ ।