तपाईंका मृतहरू जीवित हुनेछन् । तिनीहरूका मृत शरीरहरू जीवित हुनेछन् । ए धूलोमा बस्नेहरू हो, उठ र आनन्दको गीत गाओ । किनकि तपाईंको शीत बिहानको शीत हो, अनि पृथ्वीले आफ्ना मृतकहरूलाई ल्याउनेछ ।
TSK
TSK · हिब्रू 6:2
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
पृथ्वीको माटोमा सुतेकाहरूमध्ये धेरै जना, कोही अनन्तको जीवनको निम्ति, अनि कोही लाज र अनन्तको निन्दाको निम्ति फेरि उठ्नेछन् ।
तर येशूले जवाफ दिनुभयो र भन्नुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरूलाई थाहा छैन । के मैले पिउन गइरहेको कचौराबाट पिउन तिमीहरू सक्षम छौ र?” तिनीहरूले उहाँलाई भने, “हामीहरू सक्षम छौँ ।”
जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् ।
जब फरिसीहरू बजारबाट आउँछन्, तिनीहरू आफैँ ननुहाईकन केही खाँदैनन् । कचौरा, भाँडाहरू, काँसाका भाँडाहरू र खानलाई बस्ने ठाउँहरू धुनेलगायत धेरै नियम तिनीहरू कडाइका साथ पालन गर्छन् ।)
जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्वास गर्दैन त्यो दोषी ठहरिनेछ ।
खाना खानुभन्दा पहिले हात नधोएको कारणले गर्दा फरिसीहरू छक्क परे ।
र तिमी आशिषित् हुनेछौ, किनकि तिनीहरूले तिमीलाई तिम्रो गुणा फिर्ता गर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुण तिरिनेछ ।”
त्यहाँ यूहन्नाका केही चेलाहरू र एक जना यहूदीबिच विधिवत् शुद्धिकरणको विषयमा विवाद भयो ।
र तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति ।
अनि पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नेछौ ।
पत्रुस र यूहन्नाले मानिसहरूलाई येशूको बारेमा सिकाइरहेका र उहाँको मृत्युबाट पुनरुत्थान हुनुभएको घोषणा गरिरहेका कारण उनीहरूलाई साह्रै गाह्रो भयो ।
तर जब फिलिपले परमेश्वरको राज्य र येशू ख्रीष्टको सुसमाचारको बारेमा जे प्रचार गरे तिनीहरूले त्यसमाथि विश्वास गरे अनि पुरुष र स्त्रीहरू दुवैले बप्तिस्मा लिए ।
“हामीले जस्तै पवित्र आत्मा प्राप्त गर्ने यी मानिसहरूलाई पानीको बप्तिस्मा लिनदेखि कसैले रोक्न सक्छ?”
तिनी र तिनका परिवार सबैजनालाई बप्तिस्मा दिएपछि तिनले हामीलाई यसो भन्दै आग्रह गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्वासयोग्य ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस् ।” भनी हामीलाई मनाइन् ।
तर त्यहाँ कतिजना एपिक्युरी र स्तोइकी दार्शनिकहरूसँग पनि उनको विवाद भयो । र केहीले यसो भने, “यो बकबकेले के भन्न खोज्दैछ?” अरूहरूले भने, “ऊ त विदेशी देवताहरूको प्रचारक जस्तो देखिन्छ ।” किनभने उनले येशू र उहाँको पुनरुत्थानको बारेमा प्रचार गर्दै थिए ।
पावलले तिनीहरूलाई सोधे, “के तिमीहरूले विश्वास गर्दा पवित्र आत्मा पायौ त?” तर तिनीहरूले उनलाई भने, “होइन, हामीले त पवित्र आत्माको बारेमा अहिलेसम्म सुनेका समेत छैनौँ ।”
यी मानिसहरूले दुवै धर्मी र अधर्मी मृतकहरूको पुनरुत्थानको प्रतीक्षा गरेजस्तै, परमेश्वरमा मेरो पनि त्यस्तै दृढ विश्वास छ ।
तर जब पावलले उनलाई धार्मिकता, संयमता र आउँदै गरेको न्यायको बारे उनीसँग बहस गरे, फेलिक्स भयभीत भए; अनि उनले जवाफ दिए, “अहिलेलाई जाऊ, तर जब मलाई फेरि समय मिल्छ, म तिमीलाई बोलाउनेछु ।”
तर तिमीहरूको कठोर र अपश्चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ ।
के जतिलाई ख्रीष्ट येशूमा बप्तिस्मा दिइएका छन् उनीहरूलाई उहाँको मृत्युमा बप्तिस्मा दिइएका छन् भन्ने तिमीहरू जान्दैनौ?
सबैले बादल र समुद्रमा मोशामा बप्तिस्मा पाएका थिए,
तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्ट पनि जीवित पारिनुभएन ।
उहाँले हाम्रो क्षुद्र शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेछ, जुन शरीर सबै कुराहरू उहाँको अधीनमा ल्याउनको निम्ति उहाँको शक्तिद्वारा बनाइएको छ ।
येशू मर्नुभयो र जीवित हुनुभयो भनी हामी विश्वास गर्छौं भने परमेश्वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ ।
ती विभिन्न किसिमका उत्सवका शुद्धिकरणहरू खाने र पिउने कुरासँग मात्रै सम्बन्धित छन् । ती सबै शरीरका निम्ति नियमहरू मात्रै थिए, जसलाई नयाँ प्रकारले सृजना नगरेसम्म क्रमिक रूपमा राखिएको थियो ।
नोआको समयमा जहाज बनाइँदा परमेश्वरले धैर्य गरेर पर्खिरहेको बेला तिनीहरू आज्ञाकारी भएनन्, र परमेश्वरले पानीबाट आठ जना आत्मा बचाउनुभयो ।
आदमदेखि सातौँ पुस्ताका हनोकले तिनीहरूको विषयमा यसो भनी अगमवाणी गरेका थिए, “हेर! परमप्रभु उहाँका हजारौँ पवित्र जनसँग आउँदै हुनुहुन्छ ।