TSK

TSK · यशैया 17:13

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

कतिपल्‍ट बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन्?

दुष्‍टहरू त्‍यस्ता होइनन् तर हावाले उडाउने भुसजस्तै हुन् ।

परमप्रभुका दूतले तिनीहरूलाई लखेट्दा तिनीहरू हावाको सामु भुसझैं होऊन् ।

पृथ्वीका पल्‍लो छेउका भागहरूमा बस्‍नेहरू तपाईंका कामहरूका प्रमाणले भयभीय हुन्छन् । तपाईंले पूर्व र पश्‍चिमलाई आनन्‍दित बनाउनुहुन्छ ।

वन डढाउने आगोझैं र पहाडको आगोको ज्‍वालाझैं बनाउनुहोस् ।

हेर, परमप्रभु सर्वशक्तिमान् परमप्रभुले डरलाग्‍दो विनाशसँगै हाँगाहरू लुछ्नुहुनेछ । सबैभन्दा अग्‍ला रूखहरू काटिनेछन् र अहङ्कारीलाई होच्‍याइनेछ ।

किनकि गरीबको निम्ति तपाईं सुरक्षाको ठाउँ, खाँचोमा परेकाको निम्ति शरणस्थान— हुरीबाट बच्‍ने घर र तापबाट बच्‍ने छहारी हुनुभएको छ । जब निर्दयीहरूको सास पर्खालविरुद्ध आँधीजस्तै थियो,

ठुलो सङ्‍ख्‍यामा भएका तेरा आक्रमणकारीहरू मसिनो धूलोजस्ता हुनेछन् र असंख्या निर्दयीहरू उडेर जाने भुसजस्तै हुनेछन् । यो तुरुन्तै, एकै क्षणमा नै हुनेछ ।

परमप्रभुले आफ्नो आवाजको प्रताप बनाउनुहुनेछ र उहाँको बाहुलीको चाललाई हावाहुरी, आँधीबतास र असिनासँगै रिसको आँधीमा र आगोको ज्वाला देखाउनुहुनेछ ।

त्रासको कारणले तिनीहरूले सबै दृढता गुमाउनेछन् र परमप्रभुको युद्धको झन्डा देखेर त्यसका शासकहरू डराउनेछन्— यो परमप्रभुको घोषणा हो— जसको आगो सियोनमा छ र जसको मकल यरूशलेममा छ ।”

ठुलो आवाजमा मानिसहरू भाग्‍छन् । तपाईं उठ्नुहुँदा जातिहरू तितरबितर हुन्‍छन् ।

म विरुद्धको तेरो रिसको कारणले र तेरो अहङ्कार मेरो कानमा परेको हुनाले, तेरो नाकमा म आफ्‍नो बल्छी हाल्‍नेछु र म आफ्‍नो लगाम तेरो मुखमा हाल्नेछु । तँ जताबाट आएको हो तेतै म तँलाई फर्काउनेछु ।”

हेर्, म तँलाई नयाँ र दुई धारहरू भएको एउटा अन्‍न कुट्ने हतियार बनाउँदैछु । तैंले पहाडहरूलाई कुट्नेछस् र तिनीहरूलाई कुल्चनेछस् । तैंले डाँडाहरूलाई भुसजस्तै बनाउनेछस् ।

यसैले तिनीहरू बिहानको बादलझैं, चाँडै नै बिलाइजाने शितझैं, खलाबाट हुरीले टाढा उडाएको भुसझैं, र चिम्नीबाट निस्‍कने धूवाँझैं हुनेछन् ।