TSK

TSK · यशैया 22:2

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

ए आनन्दित सहर, के तँलाई यस्तो भएको छ, जसको उत्‍पत्ति प्राचीन समयमा नै भएको छ, जसका खुट्टाले त्यसलाई बसोबास गर्न विदेशी भूमिमा पुर्‍याएको छ?

यसकारण परमप्रभुले अश्शूरका राजाको बारेमा यसो भन्‍नुहुन्छ, “यो सहरभित्र ऊ आउनेछैन र उसेले यहाँ एउटा वाण पनि हान्‍नेछैन । यसको सामु ऊ ढाल लिएर आउनेछैन वा यसको विरुद्धमा घेरा-मचान बनाउनेछैन ।

म मैदानमा गएँ भने, त्यहाँ तरवारले मारिएकाहरू हुन्छन् । म सहरमा आएँ भने, त्यहाँ अनिकालले ल्याएका रोगहरू हुन्छन् । अगमवक्ता र पुजारी दुवै देशको यताउता बरालिन्छन्, र तिनीहरूलाई थाहैछैन' ।”

चौथो महिनाको नवौं दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्‍यो, कि देशका मानिसहरूका लागि कुनै खानेकुरा नै थिएन ।

तरवारले मारिएकाहरू भोकले मरेकाहरूभन्दा खुसी थिए । जमिनको फसलको कमीको कारणले तिनीहरू भोकाएर सुक्दै जान्छन्।

विनाशको दिनलाई पन्‍छाउने मानिसहरू, र हिंसाको सिंहासनलाई नजिक तुल्याउनेहरूलाई धिक्‍कार ।