तिमीहरूसँग बसोबास गर्ने परदेशी तिमीहरूका निम्ति तिमीहरूसँगै बसोबास गर्ने इस्राएलमै जन्मेको मानिसझैँ होस्, र त्यसलाई आफैलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
TSK
TSK · याकूब 2:8
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
तब तिनीहरूले एक-अर्कालाई भने, “हामीले ठिक गरिरहेका छैनौँ । आजको दिन शुभ खबरको दिन हो, तर हामी यस बारेमा मौन बसिरहेका छौँ । बिहन नभएसम्म हामीले पर्ख्यौं भने हामीमाथि दण्ड आइपर्नेछ । तब हामी अब जाऔं र राजाको घरानालाई भनौं ।”
तब परमप्रभुले योनालाई भन्नुभयो, “के तँ यो बिरुवाको निम्ति धेरै रिसाउनु ठिक हुन्छ र?” तब योनाले भने, “म मरुन्जेलसम्म पनि रिसाउन ठिक हुन्छ ।”
उसको मालिकले उसलाई भने, ‘स्याबास, असल र विश्वासयोग्य नोकर! तिमी थोरै कुरामा विश्वासयोग्य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’
दोस्रो आज्ञा यो हो, ‘आफ्नो छिमेकीलाई आफुलाई जस्तै प्रेम गर्नुपर्छ ।’ योभन्दा अरू कुनै ठुलो आज्ञा छैन ।”
एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्था पालना गरेको हुन्छ ।
एक अर्काको भार उठाओ, र यसरी तिमीहरूले ख्रीष्टको व्यवस्थालाई पुरा गर्नेछौ ।
भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्न जरुरी छैन । एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्वरबाट सिकाइएका छौ ।
यसकारण, स्वतन्त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैँ गरी बोल र व्यवहार गर ।
तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्चर्यकर्महरूको घोषणा गर्न सक ।