तपाईंका विधिहरूबाट टाढा जानेहरू सबैलाई तपाईंले इन्कार गर्नुहुन्छ, किनकि ती मानिसहरू छली र अविश्वासनीय छन् ।
TSK
TSK · याकूब 5:19
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
मेरा मानिसहरू—बालबालिका तिनीहरूका अत्याचारी हुन् र स्त्रीहरूले तिनीहरूमाथि शासन गर्नेछन् । मेरा मानिसहरू, तँलाई अगुवाइ गर्नेहरूले तँलाई भड्काउनेछन् र तेरा मार्ग कता जाने भन्ने कुरा नै अलमलमा पार्नेछन् ।
म हराएकाहरूलाई खोज्नेछु र निर्वासितहरूलाई पुनर्स्थापित गर्नेछु । भाँचिएका भेडालाई पट्टी बाँध्नेछु र बिरामी भेडालाई निको पार्नेछु तर मोटा र बलियालाई म नष्ट गर्नेछु । म न्यायको साथमा गोठालोको काम गर्नेछु ।
तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु, ताकि तिम्रो विश्वास नचुकोस् । तिमी फेरि फर्केपछि तिम्रा भाइहरूलाई बलियो बनाओ ।
रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो । यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैलाइ घोचेको छन् ।
ती मानिसहरू सत्यताबाट टाढा हराइरहेका छन् र तिनीहरूले येशूको पुनरुत्थान पहिले नै भइसकेको छ भनेर भन्दछन्, र तिनीहरूमध्ये कतिको विश्वासलाई खल्बल्याइरहेका छन् ।
तर यदि तिमीहरूको हृदयमा तितो ईर्ष्या र अभिलाषा छ भने, सत्यको विरुद्धमा शेखी नगर र झुटो नबोल ।
त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू जानेको हुनाले आफैँलाई सुरक्षित राख ताकि व्यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्वासयोग्यतालाई नगुमाओ ।
शङ्का गर्नेहरूसँग दयालु होओ ।