हेर्नुहोस्, परमेश्वरले आफ्ना पवित्र जनमाथि पनि भरोसा राख्नुहुन्न । वास्तवमा उहाँको दृष्टिमा स्वर्ग पनि शुद्ध छैन ।
TSK
TSK · अय्यूब 21:22
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
जसले पृथ्वीका जन्तुहरूलाई भन्दा बढी हामीलाई सिकाउनुहुन्छ, र जसले आकाशका चराहरूलाई भन्दा बढी हामीलाई बुद्धिमानी बनाउनुहुन्छ?'
उहाँको चालको विषयमा कसले उहाँलाई कदापि निर्देशन दिएको छ र? कसले उहाँलाई कदापि यसो भन्न सक्छ र, 'तपाईंले अधर्मको काम गर्नुभएको छ?'
“आलोचना गर्न चाहनेले सर्वशक्तिमान्लाई सुधार्ने कोसिस गर्नुपर्छ र? जसले परमेश्वरसित विवाद गर्छ, त्यसले जवाफ देओस् ।”
परमप्रभु हाम्रा परमेश्वरझैं को छ र, जसको आफ्नो आसन उच्चमा छ,
परमप्रभुको मनलाई कसले बुझेको छ, वा उहाँको सल्लाहकार भएर उहाँलाई कसले सिकाएको छ?
त्यसलाई धिक्कार जसले आफूलाई बनाउनेसँग बहस गर्छ, जो जमिनमा भएका सबै माटोका भाँडाका माझमा अरू कुनै माटोको भाँडाजस्तै छ! के माटोले कुमालेलाई यसो भन्छ, 'तैंले के बनाउँदैछस्' वा तैंले बनाएको भाँडोमा हत्ता नै छैन?’
“किनकि परमेश्वरको मनलाई कसले जानेको छ र? अथवा उहाँको सल्लाहकार को भएको छ र?
के हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भन्ने तिमीहरूलाई थाहा छैन? त्यसो भए, यस जीवनका मामलाहरूलाई हामीले कति बढी न्याय गर्न सक्छौँ?
आफ्नो अधिकारको प्रतिष्ठालाई कायम नगरेका तर आफ्नो उचित बासस्थानलाई त्यागेका स्वर्गदूतहरूलाई परमेश्वरले अनन्तका साङ्लाहरूमा त्यस महान् दिनमा इन्साफको निम्ति पूर्ण अन्धकारमा राख्नुभएको छ ।
मैले शक्तिशाली र कमजोर मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखेँ र पुस्तकहरू खोलिए । तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो । ती पुस्तकहरूमा लेखिएका विवरणअनुसार तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्याय भयो ।