TSK

TSK · अय्यूब 21:25

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

हूशैले थपे, “तपाईंले आफ्नो बुबालाई चिन्‍नुहुन्छ र उहाँका मानिसहरू बलिया योद्धाहरू छन्, तिनीहरू तितो छन्, र तिनीहरू मैदानका बच्‍चा खोसिएका भालुहरूजस्ता छन् । तपाईंको बुबा एक योद्धा हुनुहुन्छ । उहाँ आज फौजसँग सुत्‍नुहुने छैन ।

दुःखमा हुनेलाई किन ज्योति दिइन्छ? मनमा तितो हुनेलाई किन जीवन दिइन्छ?

उहाँले मलाई फेरि सास फेर्ने दिनुहुन्‍न, तर उहाँले मलाई तिक्तताले भर्नुहुन्छ ।

उसले आफ्नो पेट भर्नै लाग्दा, परमेश्‍वरले आफ्नो घोर क्रोध उसमा उतार्नुहुन्‍छ । उसले खाइरहँदा परमेश्‍वरले उसमाथि त्‍यो बर्साउनुहुन्‍छ ।

मानिसले इच्छा गरेको कुनै पनि कुरो कमी नहोस् भनेरे परमेश्‍वरले उसलाई धन-सम्पत्ति, जग्गा-जमिन र मान-सम्मान दिनुहोला, तर त्यसपछि परमेश्‍वरले उसलाई त्यसको उपभोग गर्ने कुनै खुबी दिनुहुन्‍न । बरु त्यसको थोकहरू अरू कसैले उपभोग गर्दछ । यो बाफ र खराब पीडा हो ।

उहाँले मलाई यो पनि भन्‍नुभयो, “ए मानिसको छोरो, हेर, म यरूशलेमबाट अन्‍नको मूल बन्‍द गरिदिनेछु, र तिनीहरूले जोखी-जोखीकन चिन्‍तित भई तिनीहरूले रोटी खानेछन्, र जोखी-जोखीकन डराउँदै पानी पिउनेछन्‌ ।