TSK

TSK · अय्यूब 21:31

مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.

العودة إلى المقطع

त्यसपछि नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें र मैले तँलाई शाऊलको हातबाट बचाएँ ।

तपाईंहरू भन्‍नुहुन्छ, 'मानिसको दोषको दण्‍ड परमेश्‍वरले उसका छोराछोरीलाई दिनुहुन्छ ।' त्‍यो उसैले भोग्‍नुपरोस्, जसले गर्दा उसले आफ्नो दोष थाहा पाओस् ।

तैंले यी कुराहरू गरेको छस्, तर म चूप लागेको छु । त्यसैले म पनि तँजस्तै हो भनी तैंले विचार गरिस् । तर म तेरो निन्दा गर्नेछु र तैंले गरेका सबै कुरा तेरै आँखाको सामु ल्याउनेछु ।

प्रेमको खोजी गर्न कसरी तैंले आफ्नो मार्ग बनाउँछेस्? तैंले दुष्‍ट स्‍त्रीहरूलाई पनि आफ्ना मार्गहरू सिकाएको छेस् ।

तर जब पावलले उनलाई धार्मिकता, संयमता र आउँदै गरेको न्यायको बारे उनीसँग बहस गरे, फेलिक्स भयभीत भए; अनि उनले जवाफ दिए, “अहिलेलाई जाऊ, तर जब मलाई फेरि समय मिल्छ, म तिमीलाई बोलाउनेछु ।”

जब पत्रुस एन्टिओखियामा आए, मैले उनलाई आमने-सामने विरोध गरेँ किनकि उनी गलत थिए ।