त्यसपछि यूहन्नाबाट बप्तिस्मा लिनको निम्ति येशू गालीलबाट यर्दन नदीमा आउनुभयो ।
TSK
TSK · यूहन्ना 1:33
مراجع Treasury of Scripture Knowledge في अनलक शाब्दिक बाइबल.
यूहन्नाले तिनीहरू सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर मभन्दा अर्का शक्तिशाली व्यक्ति आउनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न पनि म योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ ।
येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही पनि पानी र आत्माबाट नजन्मेसम्म ऊ परमेश्वरको राज्यमा पस्न सक्दैन ।
कि वास्तवमा यूहन्नाले पानीले बप्तिस्मा दिए, तर केही दिनमा नै तिमीहरूलाई पवित्र आत्मामा बप्तिस्मा दिइनेछ ।
पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो ।
पावलले तिनीहरूलाई सोधे, “के तिमीहरूले विश्वास गर्दा पवित्र आत्मा पायौ त?” तर तिनीहरूले उनलाई भने, “होइन, हामीले त पवित्र आत्माको बारेमा अहिलेसम्म सुनेका समेत छैनौँ ।”
हामीले धार्मिकतामा गरेका कामहरूद्वारा होइन, तर उहाँको कृपाअनुसार नयाँ जन्मको स्नान र पवित्र आत्माको नविकरणद्वारा उहाँले हामीलाई बचाउनुभयो ।